काठमाडौं । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशमा नेताहरुको कार्य विभाजन गरेको छ । हालै सम्पन्न केन्द्रीय समिति बैठकले जिल्ला र पालिका इन्चार्जहरूको कार्य विभाजन टुङ्गो लगाएको हो ।
१० वटा जिल्ला रहेको कर्णाली प्रदेशमा हुम्लाको इन्चार्ज झकबहादुर मल्ल, मुगुको गोमा गौतम कुँवर, जुम्लाको छिमि लामा, कालिकोटको टेकबहादुर बस्नेत र दैलेखको गोपाल शर्मा इन्चार्ज तोकिएका छन् ।
यसैगरी सुर्खेतमा महेन्द्रबहादुर शाही इन्चार्ज, जाजरकोटमा बसन्त शर्मा, सल्यानमा नरेश भण्डारी, रुकुममा गगन खड्का र डोल्पामा नरबहादुर बिष्ट तोकिएका छन् ।
प्रतिक्रिया