कर्णाली प्रदेशको विद्युत विद्ययेकमाथी छलफल सम्पन्न

सुर्खेत । कर्णाली प्रदेशको विद्युत विद्ययेकमाथी छलफल कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार वीरेन्द्रनगरमा कर्णाली प्रदेश सभामा छलफलका लागि संसदीय समितिमा रहेको उक्त विद्युत विद्यकमाथी छलफल कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कर्णाली प्रदेश सरकारका उर्जा तथा जलस्रोत विकास मन्त्री उर्मिला विश्वकर्मा, प्रदेश सभाको अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति दुर्गबहादुर रावत, प्रदेश सभा सदस्यहरु जीतबहादुर मल्ल र वीरबहादुर शाहीको सहभागिता रहेको थियो । कार्यक्रममा उर्जा, तथा विद्युतसँग सरोकार राख्ने सरोकारवाला तथा विज्ञहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रममा भर्चुअल माध्यमबाट कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट समेत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रदेश सभाको अर्थ तथा प्राकृतिक स्रोत समिति र युएनडिपि संसद सहयोग परियोजनासँगको समन्वयमा उक्त छलफल कार्यक्रमको आयोजना ऋति फाउण्डेसन र नेपाल एफएमले गरेका हुन् । कार्यक्रममा बोल्दै प्रदेश सरकारका उर्जा तथा जलस्रोत मन्त्री उर्मिला वश्वकर्माले विद्ययेकमा सबै सरोकारवालाहरुको राय समेट्ने प्रतिवद्धता व्यक्त गरे ।

अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति दुर्गबहादुर रावतले विद्युत विद्ययेकका सम्बन्धमा सरोकारवालाका सुझावहरु समेट्न समितिले गर्नुपर्ने कार्यक्रम नागरिक समाजले गरेकोमा धन्यवाद व्यक्त गरे । उनले उक्त विद्ययेकले कर्णालीको विकासमा योगदान दिने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया