पर्सा । पर्सामा सर्पको टोकाइबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा छिपहरमाई गाउँपालिका– ५ भिस्वा निवासी ५५ वर्षीय प्रभु महतो केवटका २४ वर्षीय छोरा सेठ महतो केवट रहेको प्रहरी चौकी भिस्वाका वरिष्ठ सइ रुद्र भट्टले जानकारी दिए ।
प्रहरीका अनुसार सेठ आफ्नो घरमा राति सुतिरहेको समयमा करिब एक बजे सर्पले टोकेको र कुन सर्प रहेको पहिचान हुन नसकेको बताइएको छ । उनको राति १ बजेतिर नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहन विक्रम केसीले जानकारी दिए ।
पर्सा
प्रतिक्रिया