पालिकामा शिक्षकहरुको धर्ना, शिक्षकमाथि अन्याय गरेको गुनासो

प्युठान । जिल्लामा नेपाल शिक्षक महासंघले आन्दोलनको कार्यक्रम सुरु गरेको छ । विद्यालय शिक्षा ऐन २०८० ले संविधान प्रदत्त ट्रेड युनियन अधिकार, पेशागत सुरक्षा र स्वाभिमानको खिलापमा रहेको भन्दै आन्दोलन थालेको हो ।

आइतबार जिल्लाका सबै स्थानीय तहमा शिक्षकहरुले धर्ना दिएका छन् । कार्यक्रम अनुसार ११ बजेदेखि २ बजेसम्म पालिकामा धर्ना दिने र त्यसपछि महासंघले देशभरका स्थानीय तहका प्रमुख प्रशासकीयलाई ज्ञापनपत्र समेत बुझाउने कार्यक्रम रहेको नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष शेरबहादुरअध्यक्ष थापाले जानकारी दिए ।

बिगतमा सरकासँग भएको ३० बुँदे र ५१ बुँदे सहमति ऐनमा नसमेटिएको अध्यक्ष थापाले बताए । महासंघ अध्यक्ष थापाका अनुसार अहिले ल्याउन थालिएको विद्यालय शिक्षा ऐन २०८० राम्रो आउला भनेको झन नराम्रो आएकोले हितविपरितका त्यस्ता बुँदा तत्काल अटाउनुपर्ने बताए ।

महासंघले साउन ३० गते शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना बस्ने, साउन ३२ गते साउन ३२ गते प्रदेशको सामाजिक बिकास मन्त्रालयमा धर्ना दिने कार्यक्रम रहेको अध्यक्ष थापाले जानकारी दिए ।

भदौ १ गते प्रदेश सांसद र संघीय सांसदलाई जानकारी गराउने कार्यक्रम महासंघले बनाएको छ । माग सम्बोधनका लागि केन्द्र केन्द्रिय सरकारलगायत निकायलाई ध्यानाकर्षण गराउने कार्यक्रम रहेको छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया