काभ्रे । लगातार दुई दिनदेखि परेको अविरल वर्षको कारण घरमाथीबाट पहिरो जाँदा घर पुरिँदा एकै परिवारका ६ जना पुरिएका छन् काभ्रे जिल्लाको खानीखोला गाउँपालिकाको वडा नम्बर ५ र मकवानपुरको बागमती गाउँपालिका सीमामा पहिरोले घर पुरिँदा एकै परिवारका ६ पुरिएका छन् । पुरिएका मध्ये एकको मृत्यु भएको छ । पहिरोले पीडित खानीखोला गाउँपालका–५ स्थायी घर भई मकवनपुरको बागमती गाउँपालिका–५ स्थित् सिक्रेदोभानस्थित् पसल सञ्चालन गर्दै बस्दै आएका अकलबहादुर स्याङतानको घर पहिरोले पुरिँदा उनको श्रीमती सञ्चमाया स्याङ्तानको मृत्यु भएको बताइएको छ ।
स्थानीयहरुका अनुसार अंकलबहादुरसहित शिला स्याङ्तान, जीवन पहरी, २ वर्षीय तेज पहरी र १ वर्षीय देव्यणी पहरी बेपत्ता रहेको बताएका छन् । पहिरोमा पुरिएकाको उद्धार र खोजी कार्य स्थानीय प्रहरी र जनप्रतिनिधिको सहयोगमा भइरहेको छ । पहिरो गएको आसपासमा रहेका सबैलाई सतर्क रहन अपिल गरिएको छ । बेपत्ता शिला र जीवन अकलबहादुरको छोरी ज्याँई हुन्। त्यस्तै तेज र देव्यणी उनको नाती नातीना हुन्। उनीहरु सबै एकै घरमा बस्दै आएका थिए ।
यस्तै खानीखोला गाउँपालिकाको केन्द्र ५ नम्बर वडाको वडा कार्यालय देखिका केही घर पनि खहरेखोलाको कारण विस्थापित हुन पुगेको छ । यस्तै सो गाउँपालिका वडा ५,६ का झण्डै ५०० घरधुरीले प्रयोग गर्दै आएको लघु जलविद्युत आयोजनामा समेत बाढीले क्षति पुर्याएको र अवरुद्व रहेको बताइएको छ ।
प्रतिक्रिया