आँखा पाक्ने रोगको कारण फिदिममा विद्यालय बन्द

पाँचथर । फिदिम नगरपालिकास्थित विद्याबरदान बोर्डीङस्कुलका वालबालिकाहरुमा आँखा पाक्ने समस्या देखएिपछि दूई दिनको लागि विद्यालयमा बिदा दिइएके छ । उक्त विद्यालयले आइतबार र सोमबार बिदाको सूचना जारी गरेको हो । सूचना जारी गर्दै विद्यालयले विद्यार्थीहरुको स्वास्थ्यको सुनिश्चितता गर्न पाँचथर चस्मा घरमा निःशुल्क आँखा जाँचको व्यवस्था गरिएको जनाएको छ । सबै विद्यार्थी र शिक्षकहरूलाई आँखा जाँच गराउन विद्यालयले अनुरोध गरेको छ । बालबालिकालाई उपचार र आराम गर्न आफ्नो विद्यालयले बिदा गरेको सञ्चालक अनुज भट्टराईले जानकारी दिए । उक्त विद्यालयका आँखा संक्रमित बालबालिकालाई उपचार र आरामका लागि एक हप्ता अगावै घर पठाइएको अवस्था रहेको थियो । त्यस्तै आँखा पाक्ने रोग बढेकाले फिदिमकै निलकण्ठ बोडिङ् स्कुल विदा गरिएको जनाएको छ ।

यता सदरमुकाम बजारमा रहेको सामुदायिक विद्यालय फिदिम माविमा दिनको १०/१५ जना आँखाका बिरामीलाई घर पठाइएको र गाह्रो भएको प्रअ बिनोद ठाकुरले जनाएका छन । गाउँघर भन्दा सहरका विद्यार्थीहरुमा आँखा पाक्ने समस्या बढी देखिएको छ । वलबालिका र सर्वसाधारण अस्पताल र औषधि पसलमा उपचार र औषधि लिनेको भिड लागेको देखिन्छ । आँखा संक्रमितले रोग सर्न बाट बच्न चस्मा लगाउन स्वास्थ्करमीले सुझाव दिने गरेको विद्यालयका विद्यार्थी बालक एल्सन ओझाले जानकारी दिए । आँखा पाक्ने रोगले गर्दा बजारमा धमाधम चस्मा बिक्री भइरहेको बिन्दास मार्केटका युवा व्यवसायी दिपेस गुप्ताको भनाइ छ ।

प्रतिक्रिया