सुजुकी जिम्नी र फ्रोन्क्स नेपालभरका शोरुममा २२ श्रावणदेखि

काठमाडौं । नेपालमा लामो समयदेखि प्रतिक्षा गरिएको दुई सुजुकी एसयूभीहरु अब नेपालका सबै सुजुकी शोरुमहरुमा हेर्न र टेस्ट ड्राईभलागि उपलब्ध हुने भएका छन् । २२ श्रावण सबै सुजुकी शोरुमहरुमा जिम्नी र फ्रोन्क्स अनावरण पनि गरिने कम्पनीले जनाएको छ । नेपालका लागि सुजुकी व्राण्डचार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सिजी हाेल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन CG|Motocorp तथा CG|NXTGEN ले सो एसयूभीहरु बुकिंङ २९ असार २०८० साल देखिनै खुल्ला गरेको थियो ।

कम्पनीले आक्रमक मूल्य रणनीति अपनाई मूल्य निर्धारण गरेको कम्पनीले जनाएको छ । जिम्नीको सुरुवाती मूल्य रू. ५९ लाख ९९ हजार बाट र फ्रोन्क्सको मूल्य रू. ३९ लाख ९९ हजारबाट सुरु हुनेछ ।
५–ढोके सुजुकी जिम्नी नेपाल र अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा प्रतिक्षित कारमध्ये एक हो । यो मोडेलको माग विश्वभर नै निकै रुचाइएको छ । सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयूभी हो जोहेभी–ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित छ र यसमापर्याप्त बडी एन्गल र ग्राउन्ड क्लियरेन्सको साथ डिजाइन गरिएको छ।

यो एसयूभी एक समर्पित उन्नत 4WD प्रणाली ALL GRIP PRO संग आउँदछ भने ब्रेक लिमिटेड स्लिप डिफरेंशियल र 3 Link Rigid Axle Suspension जस्ता अफ–रोड सुविधाहरू समावेश गर्दछ । अफ–रोड बाटोको लागि उत्तम हुने गरी डिजाइन र निर्मित, जिम्नीले २२.६८ सेमी स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल,हिल डिसेन्ट कन्ट्रोल जस्ता धेरै आधुनिक आरामदायी र सुरक्षित सुविधाहरू समावेश गर्दछ ।

नयाँ सुजुकी फ्रोन्क्स नयाँ जेनेरेसनको स्टाइल र प्रिमियम मिश्रीत एसयूभी हो । ‘द फेस अफ न्यु एसयूभी’भनिएको सुजुकी फ्रोन्क्स निकै आकर्षक र स्पोर्टी देखिन्छ भने यसमा रहेको अत्याधुनिक प्रविधिहरुले आरामदाई र सुरक्षित अनुभूति प्रधान गर्दछ । प्रिमियम डिजाइन, नया युगको फिचर्स, अत्याधुनिक सुरक्षित सुबिधाहरुले सुसज्जित फ्रोन्क्सले आधुनिक नेपाली ग्राहकहरुको लागी सम्पूर्ण माग आपूर्ति गर्ने बिश्वास कम्पनीले लिएको जनाएको छ ।

प्रतिक्रिया