सहिद कर्मचारीको सम्झनामा वृक्षारोपण

प्युठान । प्युठानमा सहिदको सम्झनामा आन्तरिक पर्यटकीय क्षेत्र मल्लरानीमा वृक्षारोपण गरिएको छ । पेशागत हकहितका लागि आफ्नो ज्यान समेत आहुती दिने शहिदहरुको सम्झनामा देशभर सप्ताहब्यापिरुपमा नेपाल निजामति कर्मचारी संगठनले विभिन्न अतिरिक्त क्रियाकलापका कार्यक्रम गर्दै आएको छ । सोही अवसरमा नेपाल निजामती कर्मचारी संगठन प्युठानले सहिद मनोज, झपेन्द, सुरेन्द्रको स्मृति दिवसको अवसरमा स्वामी, कपुर र धुपी सल्लाको वृक्षारोपण गरेको हो ।

नेपाल निजामति कर्मचारी संगठनका जिल्ला अध्यक्ष हरि पौडेलले संगठनले कर्मचारीको हकहितका लागि निरन्तर रुपमा काम गर्दै आएको बताए । उनले भने, ‘कुनै पनि बहानामा कर्मचारी माथी हुने अन्याय र दमनको विरुद्धमा निजामती कर्मचारी संगठन चुप लागेर बस्दैन् । कर्मचारीले राज्यले दिएको जिम्मेवारी कानुन अनुसार गर्नुपर्छ ।’ कर्मचारीले दवाव र पहुँचमा भन्दा जनताको मर्म अनुसार काम गर्नुपर्ने उनले बताए । वृक्षारोपण गरिएको बिरुवामा निजामती कर्मचारी संगठनकै पहलमा चौपारी निर्माण गरिने अध्यक्ष पौडेलले जानकारी दिए ।

संगठनको स्थापना दिवसमा तीज गीत प्रतियोगिता गर्ने

प्युठानमा निजामती कर्मचारी संगठनले आफ्नो स्थापना दिवसका अवसरमा जिल्लामा तीज गीत प्रतियोगिताको आयोजना गर्ने भएको छ । सोमबार बसेको बैंककले भाद्र २३ गते जिल्लामा तीज गीत प्रतियोगिता गर्ने निर्णय गरेको हाे । तीज गीत प्रतियोगिता तयारीको लागि निजामती कर्मचारी संगठनका सहसचिव सित्तल आचार्यको संयोजकत्वमा समितिसमेत गठन गरेको निजामती कर्मचारी संगठनका सचिव सागर पण्डितले जानकारी दिए ।

उनका अनुसार संगठनले सदस्यता नवीकरण गर्ने, नयाँ सदस्यता वितरण गर्ने र संगठन सुदृढीकरण गर्ने गरि निर्णय भएको बताए । पालिकास्तरमा संगठनलाई सुदृढ गरि कर्मचारीलाई जवाफदेही र जनमैत्री बनाउन संगठनले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने प्रदेश उपाध्यक्ष टुक रोकाले बताए । उनले भने, ‘राज्यले दिएको जिम्मेवारी पूरा गर्नु हामि सबैको कर्मचारी दायित्व हो ।’
बैठकमा संगठनले गरेका गतिविधिको समिक्षा भावी कार्ययोजनाको बिषयमा छलफल भएको बताइएको छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया