धुवाँ रहित पालिका बनाउन विद्युतीय चुल्हो

स्याङ्जा । कालीगण्डकी—५ लियाकी पवित्रा भूषाललाई खाना पकाउँदा पकाउँदै ग्यास सकियो भने पिरलो छैन । गाँउपालिकाले दिएको ईन्डक्सन चुल्हो पाएपछि भूषाल ढुक्क छिन् ।

‘ग्यास सकियो भने बेलटारीबाट ग्यास ल्याउनुपर्ने बाध्यता अन्त्य भएको छ’, भूषाल भन्छिन् , ‘आगो बालेर धुवाँमा खाना पकाउनुपर्ने समस्याबाट पनि छुट्करा पाइयो, धन्यवाद कालीगण्डकी । ’

भुषाल जस्तै यहाँका १६१ घरधुरीलाई गाउँपालीकाले पहिलो चरणमा विद्युतीय चुल्हो वितरण गरेको हो । न्यूनतम १६ एम्पेयर विद्युत्त क्षमता थेग्न सक्ने संरचना भएका घरहरुको पहिचान गरेर चुल्हो वितरण गरेको गाउँपालीकाका अध्यक्ष खिमबहादुर थापाले बताए । ‘धुँवा रहित पालिका हाम्रो लक्ष्य, उच्च विद्युतीय चुल्होको प्रयोग हाम्रो उदेश्य’ भन्ने नारासहित आगामी ३ वर्षभित्र पालिकालाई ग्यासमुक्त पालिका घोषणा गर्ने थापाको भनाई छ ।

देशकै ठूलो मध्येको कलीगण्डकी जलविद्युत आयोजना समेत रहेको यस पालिकामा २० युनिटसम्मको न्युनतम विद्युत महसुल पालिकाले निःशुल्क गरेको छ । यो अभियानले विद्युतीय चुल्हो प्रयोग गर्ने उपभोक्तालाई २० युनीटसम्मको विद्युतीय महसुलमा राहत हुने भएको छ ।

पालिकाभित्र उत्पादन भएको विद्युतको उच्च प्रयोग पालिकाबासीले गर्नुपर्ने अध्यक्ष थापाले बताए । उनले भने, ‘यहाँबाट ग्यास आयातमा वर्सेनी बाहिरीने करोडौँ रुपैयाँ पनि पालिकामै राख्नुपर्छ भन्ने हाम्रो लक्ष्य हो ।’

ग्यासमुक्त पालिका घोषणा हुँदा वार्षिक ५ करोड बरारबरको आर्थिक घाटासमेत रोकीने पालिकाका प्रमुख प्रशासकिय अधिकृत देवेन्द« पाण्डेयको भनाई छ । ‘आगामी ३ वर्षभित्र सबै घरधुरीमा विद्युतीय चुल्हो हुनेछ र पालीकालाई ग्यासमुक्त पालिका घोषणा गर्नेछाैँ’, पाण्डेयले भने ।

परम्परागत चुल्होबाट निस्कने धुवाँले हुन सक्ने स्वासप्रस्वास सम्बन्धी रोगमा समेत निराकरण हुने पालिकाकी उपाध्यक्ष सावित्रा कोइरालाको भनाई छ । यस्ता जनमुखी कार्यक्रमले पालिकाको मात्र नभई देशको अर्थतन्त्र बाहिरी मुलुक जानबाट जोगाउने पालिपासीको बुझाई छ ।

सुशील सुवेदी

स्याङ्जा

प्रतिक्रिया