डेगु नियन्त्रणमा फिदिम नगरपालिकाको अभियान

पाँचथर । डेंगु नियन्त्रणकालागि फिदिम नगरपालिकाले पर्चा सहित सरसफाई अभियान सुरु गरेको छ । नगरपालिकाले डेंगु सार्ने लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान थालेको हो । नगरपालिकामा डेंगुका बिरामी देखा परेका छन् । नगरपालिकाले डेंगु सार्ने लामखुट्टेको लार्भा खोजी गर्दै नष्ट गर्ने अभियान सुरु गरेको नगरपालिका प्रमुख मित्रप्रसाद काफ्लेले जनाए । यो सरसफाई अभियान प्रभावकारी हुने उपप्रमुख राधाकृष्ण न्यौपानेको भनाई छ ।

फिदिम नगरपालिकाले जिल्लाका सुरक्षा निकाय, जनप्रतिनिधिहरूको सहभागिता आइतबार फिदिम शिवालय मन्दिर हुँदै बजारमा र्‍यालीसहित सरसफाइ गरेका छन् । अभियानमा, खाल्डाखुल्डीमा जमेको पानी पोखाएको, जमेको पानीमा डेंगु सार्ने लामखुट्टेको लार्भा हुर्कने भएकाले खुला ठाउँमा रहेको पानी हटाउने र सो पानीमा हुर्कँदै गरेको लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको फिदिम नगरपालिकाले अभियान सुरु गरेको हो ।

नगरपालिकामा २, ४ जनालाई डेंगु संक्रमण पुष्टि भइसकेको छ । डेंगु नियन्त्रणकालागि क्रमशः संक्रमितकै घरमा पुगेर घर वरपर खुला ठाउँमा जमेको पानी र डेंगु सार्ने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिएकाे फिदिम नगरपालिका प्रमुख काफ्ले को भनाई छ ।

डेङ्गी एडिज जातको संक्रमित लामखुट्टेले मान्छेलाई यो रोग सार्ने भएकोले यसबाट बच्नु नै सबैभन्दा भरपर्दो उपाय हुने स्वास्थ्यकर्मीहरूको भनाई छ।

अभियान ले घरदैलो कार्यक्रममा पानी जम्न नदिन, पानी जम्ने ठाउँ पुर्न, टायर, पानीका बोतल, गमला, फुलदानी, कुलर, फ्रिजजस्ता पानी जम्मा हुने ठाउँको सरसफाइ गर्न सिकाइने उनको भनाइ छ । डेङ्गु लागिसकेपछि उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेङ्गीका लक्षण हुन् । र्याली पश्चात अस्पतालमा पुगेर नगर प्रमुख मित्रप्रसाद काफ्लेले समापनमा सम्बोधन गरेका थिए ।

प्रतिक्रिया