पाँचथरकाे हिलिहाङमा टिप्पर पल्टियाे, दुई जना घाइते

पाँचथर । जिल्ला को हिलिहाङ ७ सडकमा टिप्पर पल्टिंदा दुई जना घाइते भएका छन् । जोरपोखरीबाट फिदिम तर्फ आँउदै गरेको प्रदेश ०१–०२००१ क ३८७४ नम्बरको टिप्पर आइतबार विहान ११ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटना हुँदा चालक भोजपुर षडानन्द १३ का रिनछिरिङ तामाङ र सह चालक संखुवसभा निवासी विक्रम विश्वकर्मा घाइते भएको पाचथर प्रहरीले जनाएको छ । घाइतेको उपचार पाँचथर जिल्ला अस्पतामा भइरहेको छ ।

ओरालो बाटोमा गुडिरहेको टिप्पर ब्रेक फेल भएर पल्टिएको थियो । टिप्पर चालकहरूले मेची हाइवेमा गाडी तीव्र गतिमा चलाउने गरेकाे पाइन्छ ।

प्रतिक्रिया