एसईईमा उत्कृष्ट नम्बर ल्याएर जिल्ला टपेको भन्दै विद्यार्थीलाई सम्मान

पर्सा । सामुदायिक श्री माईस्थान बिधापिट माध्यमिक विद्यालयबाट एसईई परीक्षामा जीपीए ३.८५ (९६.२५ प्रतिशत) उत्कृष्ट नम्बर ल्याएर जिल्ला टपेको भन्दै आर्यन साह कानुलाई सम्मान तथा स्वागत गरिएको छ । उनलाई पर्साको धोविनी गाउँपालिकाले बिहीबार एक कार्यक्रमबीच सम्मानित तथा स्वागत गरेको हो ।

धोविनी गाउँपालिका– ३ हरिहरपुर गाउँ निवासी शशिभुषण साह कानुको छोरा आर्यन साह कानुले सामुदायिक विद्यालय श्री माईस्थान बिधापिट माध्यमिक विद्यालय वीरगञ्जमा अध्ययनरत रहेको र २०७९–०८० मा एसईई परीक्षामा उत्कृष्ट भएकाले छात्र कानुको उज्वल भविष्यको कामना गर्दै उच्च शिक्षामा योभन्दा बढी नम्बर ल्याएर गाउँपालिकाको नाम चिनाउने कामना गर्दै गाउँपालिकाका अध्यक्ष मदनप्रसाद चौहान, उपाध्यक्षका प्रतिनिधि श्यामकिशोर पटेलले सम्मान तथा स्वागत गरेका हुन् ।

साथै, उनीहरुले उच्च शिक्षाको लागि सक्दो सहयोग गर्ने समेत बताए । आर्यन साहको st.xavier.s college kathmandu मा एडमिसन भएकोमा बधाईसमेत दिएका छन् । सम्मानित तथा स्वागत कार्यक्रममा वडाध्यक्ष देवेन्द्र पटेल, शिक्षा शाखा प्रमुख बृजकिशोर तृपाठी, राजनीतिकर्मी योगेन्द्र साह, शशिभुषण साह, ध्रुप साह, कार्यपालिका सदस्यलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया