नेपाली कांग्रेस पाँचथरले बाँड्यो बाढी–पहिरो पीडितलाई राहत

पाँचथर । असार २ गते बाढीले क्षति पुर्याएको बाढी पहिरो पीडितलाई नेपाली कांग्रेस पाँचथरले राहत वितरण गरेको छ । बुधबार फिदिम नगरपालिका– ४ हेवाखोलाका बाढीपहिरो र मृत्यु भएका परिवारलाई राहत वितरण गरिएको हो ।

उक्त राहत तीन जना मृत परिवारलाई १० हजार ५ सय, विस्तापित घर, घर बगाएकालाई ६ हजार ५ सय ६, घर परिवारलाई राहत वितरण गरिएको नेपाली कांग्रेस निवर्तमान सभापति नरेन्द्रकुमार केरुङले जानकारी दिए ।

यसैगरी फालेलुङ गाउँपालिकामा बाढी पहिरोबाट मृतकका परिवार र विस्तापित १७ घर परिवारलाई यसअघि नै राहत वितरण गरिएको सभापति केरुङले बताए । त्यहाँस्थित बाढी पहिरोबाट मृतकका परिवार गरी १७ घरपरिवारलाई १७ हजार ५ सयका दरले राहत वितरण गरिएको छ ।

राहतका लागि यङवरक गाउँपालिका बाढी–पहिरो पीडितलाई राहत वितरण गर्न लागिएको सभापति केरुङले जानकारी दिए । उक्त राहत नेपाली कांग्रेस पाँचथर काठमाडौं सम्पर्क समिति र जिल्लाबाट उठेको रकम वितरण गरेको हो ।

प्रतिक्रिया