काठमाडौं । कोशी प्रदेश सरकारमा सरकार गठनसम्बन्धी विवादको रिटमा सर्वोच्च अदालतले आज (बिहीबार) फैसला सुनाउँदै छ। न्यायाधीहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले बुधबार नै सुनुवाइ सके पनि फैसला लेख्न समय लागेपछि बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको छ ।
प्रदेश सभाका सभामुख बाबुराम गौतम समेतको हस्ताक्षर संलग्न गरी नेपाली कांग्रेसका नेता उद्धव थापाको नेतृत्वमा सरकार गठन भएपछि निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। कार्कीले दायर गरेको रिटमा सभामुखको समेत सहभागितामा सरकार गठन गरिनु संविधान विपरीत भएको दाबी गरिएको छ । रिटमा सरकार गठनको निर्णय बदर गर्न माग गरिएको छ ।
प्रतिक्रिया