काठमाडौं । कोशी प्रदेश सरकार गठन विरुद्धको रिटमा बुधबार पनि सुनुवाइ सकिएन । सुनुवाइ नसकिएपछि यो मुद्दा फेरि हेर्दाहेर्दैमा छोडिएको छ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा बहस भएको थियो । मंगलबार सर्वोच्च अदालतमा पूर्ण इजलासमा बहस नसकिएपछि बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।
सोमबार न्यायाधीश सुष्मातला माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मंगलबार पूर्ण इजलासमा सुनुवाइ गर्न आदेश दिएको थियो ।
प्रतिक्रिया