सहकारीकाे ऋण असुल गर्न फिदिम नगरपालिकाको सुचना

पाँचथर । फिदिम नगरपालिकाले सहकारी संस्थाहरुलाई ऋण असुल गर्नको लागि सुचना प्रकाशन गरेको छ । नगरपालिकाले सहकारी संस्थाका सञ्चालक, पदाधिकारी, लेखा सुपरिवेक्षण समितिको पदाधिकारी, ऋण उप समितिको पदाधिकारी, संस्थाको कर्मचारीहरु र साधारण सेयर सदस्यहरुले ऋण लिएर समयमा किस्ता, साँवा र ब्याज नबुझाएकोले समयमा ऋण असुल गर्न सुचना निकालेको हो ।

सहकारी संस्थामा तरलताको कमि भइ सबै सदस्यहरुलाई समान रुपमा सम्बोधन गर्न नसकिएको अवस्था रहेको नगरपालिकाले जनाएको छ । उक्त सुचनामा भनिएको छ, ‘सहकारी ऐन, नियमावली, कार्यविधि तथा सहकारी संस्थाको ऋण नीती विरित सदस्यहरुलाइ ऋण लगानि समेत गरेको पाइन्छ । रिण लगानि गर्दा अपनाउनु पर्ने प्रावधान अनुरुप सेयर सदस्यको मूल्याङ्कन नगरि सहकारी संस्थाले ऋण प्रवाह गरेको अवस्था छ । सेयर सदस्यहरुलाई सहकारी संस्थाले सहकारी शिक्षा दिनु पर्ने सहकारी सिद्धान्तमा व्यवस्था गरेको छ। सहकारी कोष परिचालनमा सहकारी शिक्षा कोषको व्यवस्था गरेको छ । अधिकांस सहकारी संस्थाले यो कोष परिचालन गरि सदस्यहरुलाइ सहकारी शिक्षा दिएको अवस्था भने छैन। सञ्चालक,लेखा सुपरिवेक्षण समिति,रिण उपसमिति, कर्मचारीहरुलाई समेत सहकारी शिक्षा संस्थाले संचालन गरेको छैन । जसको कारण सहकारी संस्थाहरु धारासायी अवस्थामा पुगेका छन् ।’

सहकारी संस्थाहरुको अनुगमन तिब्र बनाउने, ऐन तथा नियमावलीमा भएका प्रावधानको पालना गर्न पहिलो पटक सचेत गराउने र दोस्रो पटकको अनुगमनमा समेत दिएको सुझाव कार्यान्वयन नभएको पाइएमा ऐन बमोजिम ३ लाख देखि ५ लाखसम्म जरिवाना उल्लेख भएको कारण सहकारीको अवस्था र गाम्भिर्यतालाई मध्य नजर गरि असुल उपर गराउने फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा सहकारी रजिष्ट्रार प्रविनहाङ योङहाङले बताए ।

सहकारी फिदिम नगरपालिकाको नियमन क्षेत्र अन्तर्गत ६० वटा सहकारी संस्था रहेका छन्, भने प्रदेस रजिष्ट्रारको कार्यालयको नियमनमा रहेकासमेत गरि फिदिम नगरपालिकामा ८० सहकारी संस्था रहेको छन् ।

निस्क्रिय सहकारीको संख्या बढ्दै गएको फिदिम सहकारी शाखा प्रमुख सरस्वती सिवाकोटीले बताइन् । सहकारीलाइ सक्रिय बनाउन सहकारी संस्था र नगरपालिका दुवै निकाय लागिपर्ने उनले बताइन् ।

प्रतिक्रिया