पाँचथर । मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार फिदिम नगरपालिका– २ दुई ओदिनमा मंगलबार बिहान १ः३० बजे मोटरसाइकल दुर्घटना हुँदा कोलेनिका कार्यलय पाँचथर का २४ वर्षीय युवराज अधिकारीको मृत्यु भएको हो ।
मेची राजमार्गअन्तर्गत ओदिनस्थित फिदिमतर्फ आउँदै गर्दा अनियन्त्रित भइ प्रदेश १–०३–००१ ब ००१९ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । उक्त मोटरसाइकल सडकबाट करीब ५ मिटर तल झरेको डिएसपी हरि खतिवडाले जानकारी दिए ।
प्रतिक्रिया