बाँके । लुम्बिनी प्रदेश सरकारमा नेकपा एकीकृत समाजवादी)ले आफ्नो उपस्थिति खोजे पछि अब प्रदेशमा पनि गैरसांसद मन्त्री हुने चर्चा हुन थालेको छ । यो संगै सो पार्टीका केन्द्रिय सदस्य एवं बाँके जिल्ला ईन्चार्ज अशोक कोईराला मन्त्री बन्ने चर्चा बाहिर आएको छ ।
संघीय सांसद नभएका गैर सांसद लाई मन्त्री बनाउने पुराना नजिर भए पनि प्रदेशको लागि भने यो पहिलो अभ्यास हुने छ । कोईराला मन्त्री भएमा लुम्बिनी प्रदेश सरकारमा गठबन्धनमा सहभागी नेकपा (एकीकृत समाजवादी)को उपस्थितिसंगै सरकारले पुर्णता पाउनेछ ।
उहाँसँगै राजनीति शुरु गरेका कयौं नेता कार्यकर्ता सांसद र मन्त्री समेत भैसक्दा कोईरालाको पालो आएन धेरै पटक मलाई सहयोग गर्नुहोस् भनेर अरुले भन्दा सहजै स्वीकार गरेर आफुनै चुनावी कमान्डर भएर चुनाव जिताएको बाँकेमा ईतिहास छ।कोईरालाले राजनीति सेवा हो सेवा गर्न कुनैपदको आवश्यकता पर्दैन भन्ने बिचार राखेता पनि नेकपा बिभाजन पछि ।
तत्कालीन गठबन्धन नै चुनावी मैदानमा होमिएको अवस्थामा नेकपा एमालेले जितेको निर्वाचन क्षेत्रमा नेकपा एकीकृत समाजवादीलाई सहमति अनुसार दिनपर्ने थियो । तर लुम्बिनी प्रदेशको प्रदेश सभा सदस्यमा एकीकृत समाजवादीले प्रत्यक्ष गठबन्धन बाट एक सिटमा पनि भागवण्डाको उम्मेदवारी पाएन । यस्तो अवस्थामा समाजवादीको तर्फबाट अशोक कोईरालालाई सरकारमा लैजादा तत्कालीन गठबन्धनको समेत औचित्य पुष्ठि हुने समाजवादी नेताहरुको बुझाइ छ ।
नेकपा एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादी रोजेका कोईरालाभन्दा पछिका कार्यकर्ता सांसद मन्त्री भए, तर उनको मुल्याङकन हुन नसकेको पार्टीपंक्तिको बुझाइ छ । सरकारमा जाने बारे कोईराला स्वयंमको चाहना भन्दा पनि आवश्यकता र गठबन्धनको औचित्य पुष्टि गर्नलाई सरकारमा सहभागिता जरुरी भएको कोइराला निकट स्रोतले बतायो ।
कार्यकर्ता र जनता माझ लोकप्रिय कोइराला लामो राजनीतिक जीवन भए पनि कुनै सार्वजनिक पद धारण नगरेका थोरै नेता मध्यमा पर्दछन् । बाँकेमा नेकपा एमालेको विद्यार्थी राजनीतिबाट राजनीतिमा प्रबेश गरेर कोईराला दुई पटक नेकपा एमाले जिल्ला अध्यक्ष भइसकेका छन् ।
प्रतिक्रिया