पर्वतमा जिप दुर्घटना, एकको मृत्यु

पर्वत । कुश्माबाट दुर्लुङ जाँदै गरेको ग १ ज ५२२९ नम्बरको बोलेरो जिप देउरालीमा शनिबार साझ दुर्घटनामा परेको छ । जीप दुर्घटना हुँदा एक ७ बर्षिय बालिका सितल विककाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

दुर्घटनामा चालक सहित १२ जना घाइते ६ को अवस्था गम्भीर गम्भीर घाइतेलाई थप उपचारका लागि पोखरा रिफर गरीएको प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

दुर्घटनामा परी दुर्लुङकै तीन वर्षीय सौरभ वि.क., २३ बर्सिया शान्ति विक, ७० वर्षीय कृष्ण प्रसाद पाध्या, १६ वर्षीय निशान परियार, ५५ बर्सिया हिरादेवी मगर, ३५ वर्षीय मीनबहादुर क्षेत्री, ४७ वर्षीय अमृत शर्मा, ७६ वर्षीय भजत शर्मा, कास्कीको पोखरा बस्ने १६ वर्षीय अमर विक घाइते भएका छन्।

घटनामा गम्भिर घाइते भएका प्रेम क्षेत्री र चन्द्रकला क्षेत्रीलाई पोखरा रिफर गरिएको ट्राफीक कार्यालय पर्वतले जनाएको छ ।

प्रतिक्रिया