अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिवी अर्यालले २०४६ साल यताका बिभिन्न अनियमितता,भ्रष्टचार र जनबिधोरी प्रकरणका सवै फाईल खोली कानून बमोजीम कारवाही गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।
उक्त पार्टीले अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उपसभापति अर्यालले आफ्नो धारणा राखेका हुन् ।
नेता अर्यालले सरकारले फाईल खोल्दै गर्दा अन्तिमसम्म अगाडि बढ्नुपर्ने भन्दै यस्तो कमदलाई पार्टीको सधै साथ सहयोग रहने बताए । उनले आफूहरु सरकारमा भएको भए अझै धेरै फाईल खुलीसक्ने र जनतामा केही आशाव हुने बताए ।
‘सुशासन विकास,सामाजिक न्याए र समानताका सवालमा पार्टी प्रतिबद्ध भएर अगाडि बढ्छ,’ सासंद अर्यालले भने, ‘भुटानी शरणार्थी प्रकरणमा मैले केही व्यक्ति र विषयमा सुरुमै कुरा उठान गर्दा पार्टीै सभापति मुस्कुराउनु भयो, अहिले त्यही विषय र उनै व्यक्ति प्रमाणित भए, समाजमा धेरै भास्य पैदा भए, अझै पनि धेरै खालका भ्रमहरु छन्, फाईल रास्वपाले मात्र खोल्नुपर्छ भन्ने होइन, जस्ले खोल्दा पनि हुन्छ,यो प्रकरणमा हाम्रो साथ सहयोग हुन्छ ।’
प्रतिक्रिया