कालिकोट । विद्यालयमा खानेपानी तथा सरसफाई प्रर्वद्धनका लागि जिल्लास्तरीय अभिमूखिकरण सम्पन्न भएको छ । मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेकका अध्यक्ष जजराज शाहीको अध्यक्षतामा जिल्लास्तरीय अभिमूखिकरण भएको हो ।
हेल्भेटास नेपालको आर्थिक सहयोग र मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालिकोटको सहजिकरणमा सञ्चालित एकीकृत जलश्रोत व्यवस्थापन कार्यक्रमले जिल्लाका ४ वटा स्थानीय तहमा काम गरिहेको छ ।
विद्यालय खानेपानी तथा सरसफाई प्रर्वद्धनका लागि एकदिने अभिमूखिकरणमा ७ वटा विद्यालयका २८ जना सहभागी रहेका छन् । जसमा बाल क्लव, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि र शिक्षकहरुको सहभागिता रहेको छ ।
विद्यालयहरुमा खानेपानी सरसफाई तथा स्वच्छता प्रवर्धन गर्दै विद्यालय एवं विद्यालय क्षेत्रलाई सरसफाई, स्वच्छताका क्षेत्रमा नमुना बनाउन विभिन्न पक्षहरुबारे साझा बुझाइको विकास गर्ने लक्ष्य रहेको वास अफिसर चन्द्रप्रकाश केसीले बताए ।
विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता मार्ग निर्देशिका र तीनतारे सूचकहरुबारे सहभागिहरुलाई जानकारी दिनु यस अभिमूखिकरणको लक्ष रहेको फिल्ड संयोजक नरेश दर्जिले बताए । पूर्ण सरसफाइका सुचकहरु, पूर्ण सरसफाइ प्रवर्द्धनमा विद्यालयको भूमिकाका विषयमा सहभागिहरु संग बृहत छलफल गरिएको फिल्ड संयोजक दर्जिले बताए ।
दर्जिले विद्यालय एवं विद्यालय क्षेत्रलाई सरसफाई तथा स्वच्छताका क्षेत्रमा नमुना बनाउन पूर्ण सरसफाइका सूचकहरुबारे सहभागिलाई विस्तृत जानकारी गराइएको बताए । विद्यालयमा मर्यादित महिनावारी स्वच्छता तथा सरसफाई व्यवस्थापनका लागि अपनाउनुपर्ने क्रियाकलाप तथा पुनः प्रयोगमा आउने प्याडको महत्व र उपयोगबारे जानकारी गराइ समाजमा रहेका छाउपडी जस्ता कुसंस्कारको अन्त्यका लागि साझा बुझाई बनाउने लक्ष्य रहेको सहायक वास अफिसर विज्ञान नेपालीले बताए ।
मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालिकोटका अध्यक्ष जजराज शाहीले जिवनमा सिकेका हरेक सिप, तालिम र ज्ञानलाई जिवन्तसम्म प्रयोग गर्नुपर्नेमा जोड दिए ।
उनले विशेष गरी सरसफाईको क्षेत्र अति महत्वपूर्ण र स्वास्थ्यका लागि नभई नुहने भएकाले सबैले सरसफाईमा विशेष ध्यान दिनुपर्ने बताए । अभिमूखिकरणको अन्तमा सहभागी सबैले आ–आफ्ना विद्यालयलाई खानेपानी सरसफाई तथा स्वच्छताका क्षेत्रमा नमुना बनाउन कार्य योजना तयार गर्नुपर्ने शाहीको भनाई छ ।
कालिकाेट
प्रतिक्रिया