बझाङ । गाँउमा समयमै सिंचाई सुविधा भएपछि जयपृथ्वी नगरपालिका ७ धम्नाउका स्थानीयहरु खुशी भएका छन् । गाँउमा गुणस्तरीय सिंचाइ कुलो नहुँदा त्यहाँका स्थानीहरु आकाशे पानीको भरमा सिचाई तथा रोपाइँ गर्दै आएका थिए । सिँचाई कुलो निर्माण भएपछि यस वर्ष समयमै धान रोप्न पाउँदा त्यहाँका स्थानीयहरु खुसी भएका हुन् ।
गाउँमा सिँचाई कुलो निर्माण भएपछि अब आकासे पानीको भरमा रोपीने खेतहरु समयमै रोपाई सुरु भएको गाँउमै बेमौसमी तरकारी तथा फलफुल उत्पादन गर्न सजिलो हुने धम्नाउ सिचाई कुलो उपभोक्ता समितीका अध्यक्ष हिरा बोहराले बताए । उपभोक्ता समितीका अध्यक्ष बोहराकाअनुसार सुदुरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोगमा करीब ९० लाखको लागत र जनश्रमदानमा १५ सय मिटर आरसीसी कुलो बनेको र समयमै रोपाई सुरु भएको हो ।
त्यस्तै अर्का स्थानीय तथा निवर्तमान वडा सदस्य रङ्गलाल बोहराका आरसीसी सिंचाई कुलो बनेपछि वर्षायाममा मात्रै नभई हिउँदमा पनि पानी आउने हुँदा तरकारीवाली गहुँवाली र फलफुल खेती लगाएतका अन्य बाली लगाउन सजिलो हुने बतनए । सिंचाई अभावले गर्दा हरियो सागपात र तरकारी समेत नपाउने यो गाउँमा अब भने तरकारी उत्पादन गरेर किसानले आर्थिक आम्दानी समेत गर्न सक्ने उनले बताए ।
सिंचाई कुलो निर्माण गर्दा स्थानीयहरुले गाउँमै रोजगार समेत पाएको र थोरै भएपनि गाउँको विकाससँगै आफूहरुले रोजगारी पाएको उपभोक्ता समितिका सचिव कल्यान बोहराले बताए । उनले भने, ‘अहिले गाउँमा सिँचाई कुलोको पानी आएको छ । सिंचाई कुलो बनेसँगै यो बर्ष असारको पहिलो हप्ताबाटै धान रोप्ने काम सुरु भएको हो ।’
बझाङ
प्रतिक्रिया