कोशी प्रदेशसभाको बैठकमा जसपाकी सांसद निर्मला लिम्बु बोल्न नमानेपछि…

काठमाडौं । कोशी प्रदेशसभाको बैठकमा जनता समाजवादी पार्टीकी सांसद निर्मला लिम्बुले बोल्न अस्वीकार गरेकी छन् ।

बिहीबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको विश्वासको मतसम्बन्धी प्रस्तावमा प्रस्ताव राखेपछि सभामुख बाबुराम गौतमले जसपाको तर्फबाट सो दलकी एकमात्र प्रदेशसभा सदस्य निर्मला लिम्बुलाई बोल्ने समय दिएका थिए, तर उनले आफूले नबोल्ने बताएकी हुन् ।

जसपाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने र प्रतिपक्षमा पनि मतदान नगर्ने भन्दै तटस्थ बस्ने निर्णय गरेको छ । त्यसैले उनले बोल्न नमानेपछि सभामुख गौतमले नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र राईलाई बोल्ने समय दिएका थिए ।

प्रतिक्रिया