बझाङ । बझाङ जिल्लामा ड्रागन फ्रुटकाे व्यवसायिक खेतीकाे अनुगमन गरिएको हो । मंगलबार जिल्ला कृषि ज्ञान केन्द्रको समन्वयमा जिल्लाकाे केदारस्यू गाउँपालिका वडा नं- ९ झोता र छविस पाथिभेरा गाउँपालिकाको वडा नँ- १ काे भाडेबगरमा लगाएकाे ड्रागन फ्रुटको खेतीकाे अनुगमन गरिएकाे हाे ।
जिल्ला कृर्षि ज्ञान केन्द्र बझाङका कार्यालय प्रमुख टेकबहादुर विष्टका अनुसार बझाङ जिल्लामा पहिलोपटक ड्रागन फ्रुटकाे खेतीको व्यवसायिक परिक्षणकाे लागि दुई ठाउँमा हावापानी र माटाे राम्रो भएकाले दुई ठाउँलाई छनाेट गरिएको थियाे । खेती राम्रो भएको खण्डमा यसलाई जिल्ला भर विस्तार गरिने विष्टले बताए । पहिलो पटक प्रदेश सरकारले तत्कालका लागी पाँच लाख भाडेबजार र पाँच लाख झाेतामा परिक्षणका लागि अनुदान दिएको उनले बताए ।
अनुगमनको क्रममा हाल सम्म उक्त फलमा कुनै पनि रोग तथा किराको संक्रमण देखा नपरेको जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर बोहराले बताए । बाेहराले भने, ‘बझाङ जिल्लाका लागि ड्रागन फ्रुट खेती भएकाले परिक्षणकाे रुपमा जिल्लाका सवै भेगका मानिसहरूले लगाउनुपर्ने र सफल भएमा आम्दानी पनि राम्रो हुने भए यस खेतीलाई व्यवसायीक रुपमा अघि बढाउन सकिने छ ।’
अनुगमन क्रममा कृषकहरूलाई ड्रागन फ्रुटकाे महत्त्व यसकाे बजार यस खेती गर्दा लाग्न सक्ने संक्रमण र उपचार विधिवारे कृषकहरु जानकारी गराइएको थियो । अनुगमनमा कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेकबहादुर विष्ट, जिल्ला समन्वय समिति अध्यक्ष नरबहादुर बोहरा, उपाध्यक्ष कृष्णबहादुर विष्ट, कृषि प्राविधिकलगायत अन्य सरोकारवालाहरुकाे उपस्थिति रहेको थियो ।
बझाङ
प्रतिक्रिया