तरकारी खेती गर्न भानु नगरपालिकाले दियो १२ लाख बराबरको कृषि सामाग्री

तनहुँ । भानु नगरपालिकाले किसानलाई १२ लाख बराबरको कृषि सामाग्री प्रदान गरेको छ । भानु नगरपालिका १३ सम्जुरका किसानलाई १४० रोपनीमा खेती गर्न फलफूल तथा कृषि सहकारीमार्फत सो सामाग्री प्रदान गरिएको हो । मेयर आनन्दराज त्रिपाठीका अनुसार भानु नगरपालिका कृषि शाखा बाट कृषि उपज सामाग्री बिउबिजन खरिदका लागि विभिन्न शिर्षकमा ८५ देखि ५० प्रतिशतसम्म अनुदान दिने गरि १२ लाख बराबरको सामाग्री प्रदान गरएिको हो ।

फलफूल तथा कृषि सहकारीका अध्यक्ष कमल गुरुङको सक्रियताले सुरु गरेको तरकारी खेतीलाई व्यवसायिक बनाइ तरकारिमा नगरपालिकालाई आत्मनिर्भर बनाउन सो सहयोग प्रदान गरिएको मेयर त्रिपाठीले जानकारी दिए ।

उनले भने, ‘युवा शक्तिलाई रोजगारी प्रदान गर्न यो कार्यको थालनी गरिएको हो ।’ प्रत्येक वडाको सम्भावना पहिचान गरेर युवाहरुलाई सामुदायिक स्तरमा खेती गर्न कृषि सहकारी तर्फ आकर्षण गर्न नगरपालिका लागिपरेको उनले बताए ।

मेयर आनन्दराज त्रिपाठी, आर्थिक समिति संयोजक अर्जुन बोहोरा, वडा १३ का वडाध्यक्ष कृष्णबहादुर अधिकारी, कृषि शाख अधिकृत हरि खनाल , कृषि प्राबिधिक मनिषा खड्काको उपस्थितिमा सो सामाग्री किसानलाई हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया