हेवा खोलामा तुइन सञ्चालन भएपछि सहज

पाँचथर । गत शनिबार बाडिले हेवाखोला को पक्कि पुल बगायो । पाँचथर र ताप्लेजुङ जोड्ने हेवा खोलाको पुल बगाएसँगै मेची राजमार्गको पाँचथर ताप्लेजुङ सडक खण्डमा पनि सडक ठप्प भएको छ ।

उक्त पुल बगाएपछि पाँचथरका ३ गाउँपालिका र छिमेकी जिल्ला ताप्लेजुङमा राहत सामग्री ढुवानी गर्न समस्या परेको थियो । अत्यावश्यक वस्तुहरुको ओसारपसार तथा ढुवानीलाई सहज बनाउन हेवा खोलामा अस्थाइ तुइन निर्माण गरिएको छ ।

अत्यावश्यक भएपछि तुइन सञ्चालन गरेर राहत सामग्री पठाउने थालिएको छ । सो तुइनको व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी हरि खतिवडाले जानकारी दिए ।

बुधबार जिल्ला प्रशासन कार्यालय पाँचथर, स्थानीय तह, सुरक्षा निकायहरु, उद्योग वाणिज्य संघ पाँचथर लगायत स्थानीय बासीन्दाहरुको समन्वयमा हेवा खोलामा अस्थायीरुपमा तुइन को निर्माण गरिएको डिएसपी खतिवडाले बताए ।

प्रतिक्रिया