प्युठानको स्वर्गद्वारीमा कार दुर्घटना अपडेट : मृतक सबैकाे पहिचान खुल्यो

प्युठान । स्वर्गद्धारी दर्शन गरी फर्किएको कार दुर्घटनामा ज्यान गुमाएका ८ जनाको पहिचान खुलेको छ । सोमबार दुर्घटनामा मृत्यु हुनेमा तुल्सीपुर उपमहानगरपालिका-१५ का ३५ वर्षीया सरिता शर्मा पोख्रेल, निजको छोरा १४ वर्षीय विशाल पोख्रेल, ९ वर्षीय विकाश पोख्रेल रहेका छन् ।

त्यसैगरी लमही नगरपालिका-५ का ४९ वर्षीय तारा बहादुर कुमाल, लमही नगरपालिका-७ का ४० वर्षीय गोविन्द शाह, निजको श्रीमती ३० वर्षीया राधा शाह र उनको ९ वर्षीय छोरा आदित्य शाह रहेका छन् । एक जना बालकको नाम नखुलेका प्रहरीले जनाएको छ ।

स्वर्गद्वारी-भिंगृ सडक खण्डको टाकुरा भन्ने स्थानमा लु १ च ६३४५ नम्वरको कार दुर्घटनामा कारमा सवार सबैको घटनास्थलमा मृत्यु भएको हो । मृत्यु हुनेमा २ जना महिला र २ जना पुरुष र ४ जना बालक रहेका छन् ।

कार सडकको माथिल्लो घुम्तीबाट पल्टिएर तल्लो घुम्तीमा पुगेको थियो । उनीहरु सबै कारमा च्यापिएका थिए । स्काभेटरको मद्धतले उद्धार गरिएको प्रहरीले जनाएकाे छ । मृतकको शव जिल्ला अस्पताल विजुवार ल्याइएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । कार सडकबाट ५० मिटर तल खसेको जनाइएको छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया