प्युठानकाे स्वर्गद्वारीमा कार दुर्घटना : आठको मृत्यु

मृतक चालकको पहिचान खुल्यो

प्युठान । प्युठानको स्वर्गद्धारीमा दर्शन गरी फर्किएको कार दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ । स्वर्गद्वारी-भिंगृ सडक खण्डमा लु १ च ६३४५ नम्वरको जीप दुर्घटना भएको हो ।

स्थानीयका अनुसार गाडी चालक लमही नगरपालिका-४ का तारा बहादुर कुमालको परिचय खुलेको छ । अन्यको परिचय खुलेको छैन । कार अनियंत्रित भइ सडकको माथिल्लो घुम्तीबाट पल्टिएर तल्लो घुम्तीमा पुगेको थियो ।

कारमा सवार यात्रुहरु दुर्घटना ग्रस्त कारमा चापिएको अवस्थामा रहेको उद्धार स्थानीयले बताएका छन् । प्रहरीले भने मृत्यु भएको पुष्टी गरिसकेको छैन ।

गम्भीर घाइते भएका ८ जनालाई उद्धार गरेर जिल्ला अस्पताल प्युठान लगिएको प्रहरीले बताएको छ । कार सडकबाट ५० मिटर तल खसेको जनाइएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया