‘स्पाईनी ब्याबलर फिल्म फेष्टिवल’ : विभिन्न व्यक्तिलाई अवार्ड प्रदान र सम्मान

काठमाडौं । तेस्रो ‘स्पाईनी ब्याबलर फिल्म फेष्टिवल २०२३’ बुधबार राजधानीमा समपन्न भएको छ । राजधानीको जमलस्थीत राष्ट्रिय नाचघरमा सम्पन्न उक्त कार्यत्रममा विभिन्न कलाकार एवं चलचित्रकर्मीहरुलाई अवार्ड प्रदान गर्नुका साथै पत्रकार र व्यवसायीलाई सम्मान गरिएको थियो ।

सो कार्यक्रमको आयोजना स्पाईनी मुभिजले गरेको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले विभिन्न कलाकारहरुलाई अवार्ड प्रदान गर्नुका साथै पत्रकार र व्यवसायीलाई सम्मान गरे ।

एरा प्रोडक्सन प्रालिले व्यवस्थापन गरेको उक्त कार्यक्रममा नेपाल चलचत्रि कलकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुली, चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामी, चलचित्र नृत्य कलाकार संघका अध्यक्ष जनक कार्की, ट्रेड यूनियन कांग्रेसका अध्यक्ष पुस्कर आचार्य, सोलुखुम्बुको खुम्बु पासाङ गाउँपालिकाका– १ का अध्यक्ष फुनुरु शेर्पा, चलचित्र पत्रकार तथा गीतकार शान्तिप्रिय, डब्बु क्षत्री, विजयरत्न तुलाधर, भरत बम्जन, लोकगायक कुलेन्द्र विक., चलचित्रकर्मी ऋषि लामीछाने, दिनेश पाख्रिन, ऋषिराज आचार्य, पत्रकार कुवेर गिरी, विष्णु सुवेदी, सुमन बैरागी, सविता पोखरेल, तुलसी गिरी ‘भावुब’, लोकेन्द्र शाही, राजन थापा, सरिता भारती, सुवास प्रधान, संगीतकर्मी दिपक शर्मा, राजेन्द्र वजगाई, अभिनेता तेज गिरी, शितल केसी, रुपेन्द्र श्रेष्ठ, निर्माता शेखर लामा। सामना शाह, नम्रता खरेल गायत सयौँको संख्यामा कलाकर्मी तथा पत्रकारहरुको सहभागिता रहेको कार्यक्रमकी निर्देशक कमला जोशीले जानकारी दिइन् ।

कार्यक्रममा राष्ट्रिय विधामा १४ वटा र अन्तराष्ट्रिय विधामा ४ वटा गरी कुल १८ वटा विधामा अवार्ड समेत प्रदान गरेकोे उनले बताइन् । देश तथा विदेशका चलचित्रहरुलाई एक आपसमा प्रतिष्पर्धा गराई कलाकारहरुलाई कला संस्कृतिका क्षेत्रमा अझै सक्रिय रहन प्रोत्साहन मिलोस भन्दै आयोजना गर्दै आइरहेको स्पाइनी ब्याब्लर इन्टरनेशनल फिल्म फेष्टिवल २०२३ को सो संस्करण हो, यस संस्करणको लागि नेपालका अलवा विभिन्न देशहरुवाट थुप्रै पिचर लेन्थ, सर्ट लेन्थ, डकुमेन्ट्री लगायतका चलचित्रहरुको सहभागिता रहेको कार्यक्रमकी निर्देशक जोशीले जानकारी दिइन् ।

संस्थाका अध्यक्ष डा. हुस्नेद आजादको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा सञ्चारकर्मी बाबुराम सिग्देल, गायिका रोशनी रसाईली, ईभेन्ट म्यानेजर सन्तोष सुवेदी, गायकहरु ओम सुनार र अमृत खाती, अभिनेत्रीहरु आशा भुषाल र उषा खनाललाई सम्मानित समेत गरिएको थियो ।

फेष्टिवलमा चलचित्र निर्देशक माधवराज खरेल निर्णायक प्रमुख थिए भने नाट्यकर्मी केदारनाथ पौडेल, निर्देशक जीवन थापा, अभिनेता प्रवण भुषाल, गायिका सुजता केसी, लेखक तथा साहित्यकार भिष्मराज फुलारा, संगीत संयोजक राकेश सोनी, सञ्चारकर्मी चक्र कुँवर, मेकअप आर्टिष्ट विक्रम गौतम, अभिनेता तथा कोरियोग्राफर लिगेश भट्टराई निर्णायक सदस्यका रुपमा रहेका थिए ।

निर्णायकहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय दुवै भाषाका फिचर फिल्म, सर्ट फिल्म र डकुमेन्ट्री फिल्म हेरेका थिए । कार्यक्रममा राष्ट्रिय क्याटेगोरीतर्फ निर्देशक दिनेश राउतले चलचित्र प्रकाशवाट सर्वोत्कृष्ट अवार्ड प्राप्त गरेका थिए भने सोही फिल्मवाट प्रदीप खड्काले अभिनेता र विकास सुवेदीले लेखन विधामा अवार्ड हात पारेका थिए ।

नायिका नम्रता सापकोटाले डेसानवाट उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पार्न सपल भईन भने दर्शनबीर शाक्यले नेपाल भाषाको सर्ट फिल्म ईन्दायणीवाट निर्देशकको अवार्ड हात पारे, त्यस्तै गरी तीर्खावाट प्रशन्न मालीले वेष्ट सर्ट फिल्म, किड्न्यापवाट ज्ञानेन्द्र कोईरालाले सर्टफिल्म निर्देशक, दुःखी बुहारी वाट श्रृजना कार्कीले सर्ट फिल्म लेखक, अहम प्रेमवाट ज्ञानेन्द्र खतीवडाले सर्ट फिल्म छायाँकारको अवार्ड हात पार्न सफल भएका थिए ।

सम्पादक गौतम खड्काले भोजपुरी फिल्म कलयुगकी पाँञ्चालीवाट सम्पादकको अवार्ड हात पार्दा कमल एक्चै मगरले डेसान चलचित्रवाट नवनिर्देशकको अवार्ड हात पारेका थिए त्यसैगरी राहुल राईले चलचित्र मिलनवाट उत्कृष्ट चलचित्र छायांकार, राजन खरेलले खहरे पाँगु बृत्तचित्रको उत्कृष्ट छायांकार र जुगल : अ सिम्वोल अफ अनवईरिङ वाट लव प्याकुरेल उत्कृष्ट वृत्तचित्र निर्देशकको अवार्ड हात पारेका थिए ।

कार्यक्रममा ईन्टरनेशनल क्याटेगोरीतर्फ डुक बक्स ईलिङटन (आयरल्याण्ड) लाई उत्कृष्ट डकुमेन्ट्रि फिल्म, द रोड (भारत) लाई उत्कृष्ट फिल्म, फोर्स (ईरान) लाई उत्कृष्ट कथा, द लाईट बल्व (भेनेजुएला) लाई उत्कृष्ट छायांकार र फिडलस्ट्रिक (ईजिप्ट) चलचित्रवाट एजिडिन एफडेल हेडीलाई उत्कृष्ट निर्देशक अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रममा बेल्दै प्रमुख अतिथि एवं नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले कलाले राज्यको विकास निर्माण र मनोरञ्जन प्रदान गर्ने अभिन्न अंग भन्दै मर्यादित भएर सरकारलाई पनि घचघच्याउनुपर्ने बताए ।

उनले आफ्नो मन्त्रालय कलासँग सम्बन्धीत नभए पनि आफू कला प्रमी भएको बताउँदै सरकारमा रहेका कारण संसदमा यसको सन्देश लैजाने र पर्यटन तथा नागरिक उड्यन मन्त्रालयसँग समन्वय गरेर चलचित्र क्षेत्रको विकासको लागि बजेट विनियोजनमा जोड दिने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया