रमिला र नन्दालाई उपाधि

काठमाडौं । ‘मिस एन्ड मिसेज डिस्याबिलिटी क्विन २०२३’ को उपाधि रमिला साउद र नन्दा सुनारले हात पारेका छन् । रमिलाले मिसतर्फको उपाधि जित्दा नन्दा मिसेजतर्फ बिजेता बनिन् । राजधानीमा एक समारोहका बीच आयोजित प्रतियोगितामा झरना घिमिरे फस्ट रनरअप र निर्मला खाड सेकेन्ड रनरअप घोषित भए । ग्रिन आर्टस् मिडिया प्रालिको आयोजना रहेको प्रतिस्पर्धामा २३ प्रतियोगी सहभागी थिए ।

अपाङ्गता भएका व्यक्तिको क्षमता साथै उनीहरुमा लुकेर बसेको प्रतिभालाई उजार गर्दै समाजमा सक्षम व्यक्तिको रुपमा अगाडि ल्याउनु प्रतियोगिताको उद्देश्य रहेको आयोजकको भनाइ छ । प्रतियोगितामा सहभागीलाई विभिन्न प्रशिक्षणसहित बिजेता छानिएको हो । प्रतियोगिताको निर्णायकमा आलोकश्री, प्रतिष्ठा थापा, श्रद्धा जोशी कर्माचार्य, सृजल रुपाखेती, सिता सुवेदीलगायत रहेका थिए । प्रतियोगिताको कोरियोग्राफी अनिला श्रेष्ठले गरेकी थिइन् । अनिला ग्रिन आर्टस् मिडियाका निर्देशक पनि हुन् ।

प्रतिक्रिया