कर नीतिको सशक्त ढंगले विरोध गर्छौं : सांसद श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सरकारले बजेटमार्फत् ल्याएको कर नीतिको सशक्त ढंगले विरोध गर्ने बताएकी छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले गरिबलाई झन गरिब बनाउने गरी सरकारले कर नीति ल्याएको जिकिर गर्दै त्यसको विरोधमा आफूहरूले संसद् बैठक समेत अवरुद्ध गर्न सक्ने चेतावनी समेत दिइन् ।

सांसद श्रेष्ठले दैनिक उपभोग्य खाद्यान्नमा समेत सरकारले १३ प्रतिशत कर लिने नीति लिएकोमा आपत्ति जनाउँदै सो नीति स्वीकार्य नहुने बताइन् । उनले गरिब किसानलाई राहत दिने कार्यक्रम बजेटमा के छ ? भनी अर्थमन्त्री डा. प्रकाशशरण महतलाई प्रश्न समेत गरिन् ।

सांसद श्रेष्ठले गरिबीलाई देखाएर दातृ निकायबाट बजेट ल्याउने र उनीहरुलाई मारमा पार्ने काम हुनै नसक्ने बताइन् ।

प्रतिक्रिया