अर्थमन्त्रीले चित्तबुझ्दो जवाफ नदिए छानबिन समिति बनाउनुपर्छ : एमाले

काठमाडौं । नेकपा एमालेले अर्थमन्त्रीले चित्तबुझ्दो जवाफ नदिए छानबिन समिति बनाउनुपर्ने माग गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेका सांदि पदम गिरीले त्यस्तो माग गरेका हुन् ।

अर्थ मन्त्रालयले बजेट निर्माणका क्रममा करका दर हेरफेर गराउन एकजना पूर्वकर्मचारीलाई जिम्मेवारी दिइएको विषय प्रतिनिधिसभामा प्रवेश पाएको हो ।

‘बजेटको भाषण हुनु अघिल्लो दिनमा करका दर हेरफेर गरियो,’ एमालेका प्रमुख सचेतक समेत रहेका गिरीले भने, ‘आशंका गर्ने ठाउँ छ, साना गाडीहरुको भन्सार शुल्क बढाइएको छ, सामान्य विषय होइन, यथार्थ विषय जान्न पाउनुपर्छ, हामी सुशासन र पारदर्शिताका पक्षमा छौँ, रोष्ट्रममा आएर चित्तबुझ्दो जवाफ दिनुपर्छ, नभए छानबिन समिति बन्नुपर्छ ।’

त्यस्तै रास्वपाका सांसद स्वर्णिम वाग्लेले अघिल्लो वर्ष करका नीति हेरफेर भएपछि अर्थमन्त्रीले राजीनामा दिनुपरेको स्मरण गराउँदै बकाइदा कागज मिलाएर, अख्तियारले पनि समाउन नसक्ने गरी भ्रष्टाचार गर्ने काम आगो झैँ फैलिएको बताए । उनले अर्थमन्त्रीलाई तीन प्रश्न सोध्दै चित्तबुझ्दो जवाफ दिन माग गरे ।

प्रतिक्रिया