१ः३० बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेन

काठमाडौं । आज बिहान ११ बजेको लागि निर्धारित भएर स्थगित भइ दिउँसो १ः३० बजेको लागि सारिएको प्रतिनिधिसभा बैठक अहिले पनि सुरु हुन सकेको छैन ।

११ बजेको लागि बोलाइएको बैठक अर्को सूचना जारी गरी १ः३० बजेको लागि आह्वान गरिएको थियो । उक्त बैठक साढे दुई घन्टापछि बस्ने गरी सूचना जारी गरिएको थियो । तर, २ बज्दान लाग्दासम्म बैठक सुरु हुन सकेको छैन ।

संघीय संसद्का महासचिवद्वारा जारी सूचनामा ११ बजे बोलाइएको सभाको बैठक विशेष कारणवश उक्त समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांशबमोजिम सभामुखले आजै दिनको १ः३० बजे बैठक बस्ने गरी निर्धारण गरेको जनाइएको थियो ।

आर्थिक वर्ष २०८०–८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल जारी रहने कार्यसूची रहेको बैठक सत्ता र प्रतिपक्षी दलबीचको असमझ्दारीका कारण सुरु हुन नसकेको हो । आजका लागि निर्धारित राष्ट्रियसभाको बैठक भने सूचना टाँसेर स्थगित भइसकेको छ ।

प्रतिक्रिया