झिमरुकको नीति तथा कार्यक्रमले जनतालाई आत्म निर्भर बनाउनुपर्छ : अध्यक्ष एमसी

प्युठान । झिमरुक गाउँपालिका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीलेआगामी वर्षको लागि तयार गरिने नीति तथा कार्यक्रम र बजेटले स्थानीय जनतालाई आत्मनिर्भर बनाउने किसिमको हुनुपर्ने बताएका छन् । स्थानीय तहको श्रोत परिचालन तथा राजस्व सुधार कार्ययोजना तर्जुमा कार्यक्रममा अध्यक्ष एमसीले यस्ताे बताएका हुन् । उनले जनतालाई आत्मनिर्भर बनाउन गाउँपालिकाको आन्तरिक आय तथा आम्दानीको स्रोत पहिचान गरि राजस्व संकलनको फराकिलो दायरा बनाउपर्नेमा जोड दिए ।

संघ प्रदेश र पालिकाले पर्यटन क्षेत्रमा लगानी गरेको भए पनि त्यस्ता पर्यटन क्षेत्रलाई दैनिक आम्दानीको स्रोतसँग जोडेर लैजान नसक्नुले पनि स्थानीय तहलाई आन्तरिक आय वृद्धि र राजस्वमा कमि आएको उनले बताए । उनले भने, ‘गाउँ गाउँमा झोले पसल प्रत्येक घर घरमा छन् यस्ता पसललाई करको दायरामा ल्याउनुपर्छ।’

स्थानीय तहले सामुदायिक बन, औषधि पसल, खुद्रा पसल, जडिबुटी, कवाडी, खानेपानी उपभोक्ता, सबैलाई करको दायरामा ल्याउनुपर्ने उनको भनाइ थियो । ‘फोहोरमैला ब्यवस्थापन गर्ने र यस्लाई पनि स्थानीयले फोहोर फालेवाफत थाेरै भएपनि करको दायरा भित्र ल्याउन पहल हुनुपर्छ’ उनले भने ।

स्थानीय सरकारलाई सक्षम बनाउन सबै क्षेत्रमा क्षेमता बिकास जरुरी भएकोले यसतर्फ पनि आफुले पर्यास थाल्ने उनले बताए । बस्तिभेलाबाट आएका वडाले प्राथमिकता दिएका योजना तथा कार्यक्रमलाई अधिकतम सम्बोधन गर्ने गरि नीति तथा कार्यक्रम र बजेट ल्याउने बताए ।

नीति तथा कार्यक्रममा विभिन्न मिति र समयमा झिमरुकको समृद्धि लागि भएका अन्तरक्रिया कार्यक्रममा आएका सुझावलाई समाबेश गरि निति तथा कार्यक्रम तयार गरिने बताए । त्यसकाेलागि बिषयगत समितिहरु चनाखो भएर लाग्नुपर्ने उनकाे सुझाव थियो ।

अब बन्ने घरको नक्शा पास अनिवार्य गर्ने,सडकलाई करको दायरामा लिने, स्वघोषणा सम्पत्ति कर लागू गर्नुपर्ने, स्थानीय तहको क्षेमता बिकास गर्नुपर्ने, सबै करको दायरा अलि फराकिलो बनाउदै स्थानिय सरकारलाई आत्मनिर्भर बनाउनुपर्ने कार्यक्रममा बोल्ने बक्ताहरुको जोड थियो ।

स्थानीय सरकार समृद्धिको चरणमा भएकोले त्यस्कोलागी सबैको सहकार्य र सहयोगविना विकास र समृद्धि सम्भव नहुने सहभागीको तर्क थियो । झिमरुक गाउँपालिका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुवास रिजाल, लेखा अधिकृत पिताम्बर मरासिनी, वडाध्यक्ष, कार्यपालिका सदस्य विषयगत शाखाका सदस्यहरु र शाखा प्रमुख कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया