तेस्रो रारा ट्रेल रनको उपाधि जुम्लाका अधिकारीलाई

मुगु । पर्यटन प्रबद्धन र राराको प्रचारप्रसारका लागि तीन विगत वर्षदेखि आयोजना हुँदै आएको रारा ट्रेल रनको उपाधि जुम्लाका शेरबहादुर अधिकारीले हात पारेका छन् ।

रारा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको श्री बक्स गुल्म र छायाँनाथ रारा नगरपालिकाले संयुक्त आयोजना गरेको तेस्रो रारा ट्रेल रनको उपाधी जुम्लाको हिमा गाउपालिका— ६ पातरखोलाका अधिकारीले रारा ताल वरिपरी १६ किलो मिटर दौड ५९ मिनेट २० सेकेन्डमा पार गरी प्रथम उपाधी हासिल गरेका हुन् ।

उक्त प्रतियोगितामा २ सय २२ जना खेलाडी सहभागी रहेको श्री बक्स गुल्म हुटु राराका गुल्मपति डोलराज श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा जुम्ला कनकासुन्दरी गाउपालिका—३ का शेरबहादुर बुढाले १ घण्टा १२ सेकेन्डमा पार गरी द्रोस्रो र तेस्रो उपाधी जुम्लाकै पातारासी गाउँपालिका —५ का दिपेन्द्र बोहोराले हात पारेका छन् ।

बोहोराले १ घण्टा १ मिनेट २१ सेकेन्डमा पार गरेको श्री बक्स गुल्मले जानकारी दिएको छ । त्यसैगरी महिलातर्फ जुम्लाको गुठिचौर गाउँपालिका— ३ की राज्यलक्ष्मी रावलले पहिलो उपाधी हात पारिन् ।

१६ किलो मिटर रावलले १ घण्टा १३ मिनेट ५२ सेकेन्डमा उनले पार गरेकी थिइन् । यस्तै दोश्रो स्थानमा जुम्लाकै तिला गाउँपालिक—९ की अनिता बुढा रहेकी छन् । उनले १ घण्टा १४ मिनेट २१ सेकेन्डमा लगाइने तेश्रो स्थानमा जुम्लाकै पातारासी गाउँपालिका— २ की समिता बुढाले १ घण्टा १६ मिनेट ३७ सेकेन्डमा पार गरेकी थिइन् ।

बिजेता पुरुष तथा महिला खेलाडीहरुलाई प्रथम, दोस्रो र तेस्रोलाई क्रमश ४० हजार ३० हजार २० हजार रुपैयाँ रकम पुरस्कार तथा प्रमाणप्रत्र प्रदान गरिएको आयोजकले जनाएका छन् ।

नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र र कर्णाली प्रदेशका अन्य खेलाडी गरी २ सय २२ जना सहभागीमध्ये पहिलो दोस्रो र तेस्रो पुरुष तथा महिला उपाधी सबै जुम्ला जिल्लाका खेलाडीले हात पारेका छन् ।

प्रतिक्रिया