सांसद विकास कोष खारेजीका लागि रास्वपाले संकल्प प्रस्ताव दर्ता गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद विकास कोष खारेजीका लागि संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेको छ । बिहीबार पार्टी संसदीय दलको बैठकले ‘संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ ब्युँताउने सरकारको निर्णयविरुद्ध संकल्प प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो ।

पार्टी बैठकपछि संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता भएको रास्वपा सांसद हरि ढकालले जानकारी दिए । दुई वर्षअघि एमाले नेतृत्वको सरकारले खारेज गरेको ‘सांसद विकास कोष’ भनेर पनि चिनिने ‘संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ ब्युँताउँदै वर्तमान सरकारले प्रत्यक्ष निर्वाचित हरेक प्रतिनिधिसभा सदस्यलाई आफ्नो क्षेत्रमा विकासका लागि ५ करोड रुपैयाँ दिने घोषणा आगामी आर्थिक वर्षको बजेटमार्फत गरेको छ ।

प्रतिक्रिया