प्युठानमा सडक सचेतनासँगै मेकानिकल चेकजाँचलाई तिव्रता

प्युठान । जिल्ला ट्राफिक प्रहरी कार्यालय प्युठानले सडक दुर्घटनालाई लक्षित गरी जिल्लामा गुड्ने सवारीसाधनको मेकानिकल चेकजाँचलाई तिव्रता दिएको छ ।

सवारी दुर्घटना न्यूनीकरण र सडक अनुशासनको पालना गराउने र सवारीसाधनको अवस्था बुझ्ने उद्देश्यले सडक केन्द्रित मेकानिकल चेकजाँचलाई तिव्रता दिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय प्युठानले सडकमै चालक, सहचालक र यात्रुहरुलाई सचेततासँगै सवारीसाधनको अवस्था वारे सडकमै चेकजाँच गर्ने कार्य थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्युठानका प्रमुख चन्द्रबहादुर केसीले जानकारी दिए ।

पछिल्लो समय बढ्दो दुर्घटना न्यूनिकरण गर्न भन्दै प्रहरीले सडकमै चालक, सहचालक, यात्रुलाई सडक चेकजाँचको क्रममा सडक सुरक्षासम्बन्धी विषयमा सचेतसँगै सवारीसाधनको अवस्था परीक्षण समेत गरिएको जिल्ला ट्रार्फिक प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव निरीक्षक केसीले बताए ।

सबैले ट्राफिक नियम, संकेत, आवश्यक कानून, सवारी दुर्घटना एवं सवारी चलाउँदा ध्यानदिनुपर्ने कुरा लगायतका बारेमा दुर्घटना नियन्त्रणको मुख्य उद्देश्य राखेर जिल्लाभर ट्राफिक प्रहरीले अभियान सञ्चालन गरेको उनको भनाइ छ ।

ट्राफिक प्रहरीले जिल्लाको मुख्य तथा सहायक सडकहरुमा चल्ने यातायातका साधनका चालक, सहचालक, यात्रु तथा स्थानीयलाई राखेर ट्राफिक नियम, दुर्घटना न्यूनिकरणका लागि जनचेतना दिने गरेका छन् ।

सडकमै राखेर दूर्घटना हुने बिशेष अवस्थाहरुसँगै सचेतना अपनाएर सवारी साधानलाई चलाउनुपर्ने जस्ता विषयमा जानकारी गराउँदा प्रभावकारी हुने भएकाले यो अभियान चालिएको केसीले बताए ।

ट्राफिक प्रहरीले सवारी जाँचको क्रममा सवारी साधनले सिट क्षमताभन्दा बढी सवारी राख्ने, ओभर लोड बोक्ने, तिव्र गतीमा सवारी चलाउने प्रति लक्षित गरि सचेतता संगै निगरानी बढाएको उनले जानकारी दिए ।

उनले यात्रुहरुलाई ढुक्क संग यात्रा गराउन तोकिएको समयमा खाना खुवाउने, खानाखाने स्थान र समयका विषयमा जानकारी गराउने तथा गन्तव्यमा पुग्ने समयका विषयमा पनि जानकारी गराउन सहचालकलाई आग्रह गरे । ट्राफिक नियम उलंघन गर्ने यातायातका साधनलाई आवश्यक कार्वाहीको दायरामा दिएको समेत जानकारी दिए ।

जिल्ला ट्राफिक कार्यालय प्युठान र यातायात ब्यवसायीको सहकार्यमा जिल्लाबाट भित्रने र बाहिने तथा जिल्लाका मुख्य बजार देखि ग्रामीण भेगका सडकमा चल्ने यातायातका साधनहरुलाई मेकानिकल चेकजाँच शुरु गरिएको बताए । यस्ले गर्दा सम्भावित सडक दुर्घटनामा कमि ल्याउन सहयोग पुग्ने अपेक्षा कार्यालयले लिएको उनले बताए ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया