बालुवाटारमा प्रचण्डले थाले तरकारी खेती

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र दिवसका अवसरमा सोमबार बालुवाटारस्थित सरकारी निवास परिसरमा तरकारी खेतीको शुभारम्भ गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले सरकारी निवास परिसरमा रहेको करेसाबारीमा आज बिहान काउली, काँक्रो, घिरौला, करेला, मकै, फर्सी, खोर्सानी, बोडी, सिमी, भान्टा, धनीयाँलगायतका बीउ र बेर्ना रोपेका हुन् ।

सो अवसरमा उनले अर्थतन्त्रको मुख्य मेरूदण्ड कृषि भएको उल्लेख गर्दै यसलाई व्यवस्थित गर्नेतर्फ आफ्नो जोड हुने बताए ।

उनले भने, ‘कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर मात्र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ । कृषि उत्पादनमा सम्पूर्ण तागत केन्द्रित नगरी राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न सकिँदैन ।’

तरकारी खेती शुभारम्भ कार्यक्रमका लागि डिक फर नेपालका स्वंयसेवकहरुको सहभागिता थियो ।

प्रतिक्रिया