पाँचथर । नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बेले संघीय संसदमा सांसदले बोलेको विषयमा संसद अवरुद्ध गर्न नहुने बताएका छन् ।
शनिनिबार नेपाल प्रेस युनियन पाँचथरको स्थापना दिवसको अवसरमा आङदेम्बेले कार्यक्रमको उद्घाटन गर्दै सांसदले बोलेको विषयमा संसद अवरुद्ध गर्न नहुने बताएका हुन् ।
कार्यक्रममा बोल्दै आङदेम्बेले कानून बनाउने थलो संसदमा उठेका विषयमा सांसदले बोलेकै भरमा सदन अवरुद्ध नगरी संसदमै आपसी छलफलबाट टुङ्ग्याउनुपर्ने बताए ।
कार्यक्रममा आङदेम्बेले भ्रष्टाचारको फाइललाई निष्कर्षमा पुर्याउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएर असहयोग गरेको समेत बताए ।
प्रेस युनियनकोको नवनिर्वाचित समितिले आयोजना गरेको स्थापना दिवसको अवसरमा पत्रकार तथा नेताहरु को आँखा परिक्षण पनि गराएको थियो । आँखा परिक्षणबाट ४८ जनाले सेवा लिएको युनियनका सचिव दिपक बोहराले जानकारी दिए ।
आँखा परिक्षण तथा अन्तक्रिया कार्यक्रममा विभिन्न तहगत नेता तथा पत्रकारहरुले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम शाखा अध्यक्ष एवं युवा पत्रकार खबिन लुइटेलको अध्यक्षमा भएको थियो भने सञ्चालन शाखा सचिव दिपक बोहराले सञ्चालन गरेका थिए ।
प्रतिक्रिया