अमेरिकी साम्राज्यवादको दलदलले नेपालको लोकतन्त्र खतरामा : दुर्गा पौडेल

प्युठान । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले अमेरिकी साम्राज्यवादको दलदलमा नेपालको लोकतन्त्रसँगै सार्वभौमिकतामाथि नै खतरा बढेको बताएकी छन् । बिहिवार प्रगतिशील पत्रकार संघ नेपाल, प्युठान शाखाले प्युठानको बाग्दुलाको लोकतान्त्रिक होटलको सभा हलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले यस्तो बताएकी हुन् । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको अमेरिकी साम्राज्यवादविरुद्ध मेची-महाकाली अभियानको पश्चिमी टोलीले प्युठानमा पुगेर मच्छिमा अमेरिकी साम्राज्यवादको विरोधमा सभा गर्ने बताएको छ ।

पत्रकार सम्मेलनमा सञ्चारकर्मीका जिज्ञासामा राजमो उपाध्यक्ष एवम् प्रवक्ता पौडेलले विश्वका विभिन्न देशहरूको राष्ट्रियता र सार्वभौमिकतामाथि अमेरिकाले यो वा त्यो रुपमा आक्रमण गर्दै आएको बताउदै उनले भनिन् , नेपाल पनि अमेरिकी साम्राज्यवादको हस्तक्षेपबाट अछुतो नभएको बताइन् । देशमा दिनानुदिन अमेरिकी साम्राज्यवादको गतिविधि बढदै जादा राष्ट्रियता अफ्ट्यारोमा पर्दै गएकोले यसतर्फ जनता चनाखो हुनुपर्ने बताइन । राष्ट्रियता गणतन्त्र देशमा संकटमा परेको छ । उनले यस्लाई बचाउन राष्ट्रिय जनमोर्चाले मेची-महाकाली अभियान शुरु गरेको बताइन् ।

उनले भनिन्, ‘गणतन्त्रको रक्षाको अहिलेको मुख्य आवश्यकता हो । यस्को रक्षाको लागि जनमोर्चाले जस्तोसुकै बलिदानी दिन पनि तयार छ ।’ एमसीसी जस्तो राष्ट्रघाती सम्झौताले देशको राष्ट्रहितको पक्षमा नरहेकोले गाउँगाउँमा जागरण अहिलेको मुख्य काम भएको उनले बताइन् ।

नेपालको भुमी प्रयोग गरेर चाइनालाई आक्रमण गर्ने रणनीतिमा छ । जस्ले गर्दा नेपाल बिश्वयुद्धको चक्रभ्युमा जवजस्थ फस्ने भन्दै जनतामा जनगागरण जगाउन र देशमा हुने सबैखाले हस्तक्षेपको विरुद्धमा आन्दोलनमा सबैको सहयोग आवश्यक रहेको बताइन् । यो अभियान अब गाउँ गाउँमा लैजाने र गाउँबाटै जनबिरोधी गतिविधिको अन्त्यको लागि अभियान थालिने बताइन् ।

संघीयताको कुनै अर्थ नरहेकोले खारेज गर्नुपर्ने बताइन् । यो अभियान जनमोर्चा उठाएका साझा एजेन्डा हो । उनले भनिन् , ‘गलत कुराको बिरोध र राम्रो कुरा र एजेन्डाको समर्थ गर्नुको विकल्प छैन ।’

शक्ति कमजोर हुनुको कारण हाम्रा सहि नीति सफल हुन नसकेको उनको भनाइ छ । राष्ट्र जोगाउन सकिन्नकी भन्ने चिन्ता बडेको छ । उनले भनिन् , ‘देश भ्रष्टाचारले दलदलमा फसेको छ यसबाट पार लगाउन पर्ने छ । संघीयताको बिरोध गर्ने हामो नीति हो हामी उपयोग पनि गरेका छौ । उपयोग पनि गर्ने बिरोध र भण्डारफोर पनि गर्ने हो ।’ सामुहिक र राष्ट्रहितको लडाइँमा सहकार्य सहकार्य गर्ने बताइन् ।

लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै महंगो प्रदेश खारेजी हुनुपर्छ र स्थानीय तहलाई तप शक्तिशाली बनाउनुपर्ने बताइन् । यस्को लागि जनताको साथ र सहयोग चाहिएको बताइन् । संघ र स्थानीय सरकारलाई, अधिकार सम्पन्न जनमुखी बनाउने र जनताले अनुभुति गर्ने गरि काम गर्नुपर्ने बताइन् ।

राजमोले जेठ १ गते कञ्चनपुरको महेन्द्रनगर र बाग्लुङको बाग्लुङ बजारबाट एकैसाथ मेची महाकाली अभियान सुरु गरेको हो । यो अभियान जेठ १५ गते काठमाडौं र बुटवलमा समापन गरिने बताएको छ ।

प्रगतिशील पत्रकार संघ नेपाल, प्युठान शाखा कार्यबाहक अध्यक्ष जुमान सिंह केसीको अध्यक्षमा भएको कार्यक्रम राष्ट्रिय जनमोर्चाको केन्द्रिय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रम राजमोका केन्द्रिय प्रदेश जिल्ला स्तरीय नेता तथा कार्यकर्ता तथा विभिन्न संचार संबद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया