प्युठान । राष्ट्रिय जनमोर्चाले देशको समसामयिक बिषय तथा पार्टीले संचालन गरेको मेची महाकाली अभियानको बारेमा जानकारी दिने उदेश्यले पत्रकार सम्मेलन गरेको छ । सोमबार जुम्रीको कालिका गेष्टहाउसको सभाहलमा भएको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष ज्ञानुराम न्यौपानेले बैशाख २९ र ३० गते राष्ट्रिय जनमोर्चाको छैटौं जिल्ला सम्मेलनबाट नयाँ नेतृत्व बनेसंगै जेठ ७ गते पहिलो बैठकले गरेका निर्णयको जानकारीको लागि पत्रकार सम्मेलनको आयोजना गरिएको बताए ।
जनमोर्चाले जेठ महिना भित्र जिल्लाभर ९ वटै पालिकामा बैठकको आयोजना गर्ने असार र श्रावण महिनामा टोल समिति निर्माण गर्ने सदस्यता वितरण गर्ने कार्तिकमा भैले कार्यक्रम गर्ने मंसिर र पौषमा आर्थिक अभियान लैजाने जनमोर्चाले जनाएको छ ।
देशमा अमेरिकी साम्राज्यवादको बढ्दो प्रभावलाई मध्यनजर गर्दै त्यस्का विरुद्ध मेची- महाकाली अभियान संचालन जैजाने बताए । जिल्ला बिकास निर्माणलाई अलपत्र पार्ने परिपाटी अन्यकोलागी खवरदारी गर्नुपर्ने राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश अध्यक्ष बोम बहादुर केसीले बताए । जिलालाका कतिपय सरोकारका बिषयमा सबै दलको सहकार्य नभएकोले जिल्लामा बिकासले गति लिन नसकेको उनको भनाइ थियो । जिल्लाको बिकास र समृद्धिको लागि राष्ट्रिय जनमोर्चा सबै संग हातेमालो गर्न तयार रहेको समेत बताए ।
देश भ्रष्टाचारको दलदलमा रहेकोले यश तर्फ मिडियाले खवरदारी गर्नुपर्ने बताए । त्यसै राष्ट्रिय जनमोर्चा प्युठानका अध्यक्ष ज्ञानुराम न्यौपानेले जनताले कम्तिमा महसुस गर्ने गरि काम गर्नुपर्ने बताए । जनताको एजेन्डामा राष्ट्रिय जनमोर्चा सधैभरी अडिक छ । अध्यक्ष न्यौपानेले भने,” देशमा जनबिरोधी गतिविधिको चलखेल बढेको प्रती चिन्ता ब्यक्त गर्दै राष्ट्रिय जनमोर्चा त्यस्ता गतिविधि प्रती चुप लागेर नबस्ने र त्यस्को लागि खवरदारी गर्न पछि नहट्ने बताए । मुलुकमा अस्थिरता अन्योल र भ्रष्टाचारले चरम सिमा नागेको प्रती जनमोर्चा गम्भीर भएको बताए ।
पत्रकार सम्मेलनमा प्युठानको बिकासको लागि विभिन्न माग र विषयबस्तुप्रती सम्बन्धित पक्षलाई सचेत गराएको छ । राष्ट्रिय जनमोर्चा प्युठानका अध्यक्ष ज्ञानुराम न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ प्युठानका अध्यक्ष संजय रिजाल पत्रकार महासंघ नेपालका केन्द्रिय सदस्य सुशील पोख्रेल जनमोर्चाका केन्द्र प्रदेश र जिल्ला स्तरीय नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया