काठमाडौं । सरकारले बाली लगाउने बेलामा अभाव हुने रासायनिक मलको अभावलाई अन्त्य गर्न मल उत्पादन कारखाना निर्माण गर्नेगरी तयारी गरिरहेको जानकारी दिएको छ ।
सरकारले स्थानीय तहमा जैविक मल कारखाना स्थापना गर्न प्रोत्साहित कार्यक्रम पनि अघि बढाउने भएको छ ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा सरकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले रासायनिक मल समयमै उपलव्ध गराइने जानकारी दिए ।
‘रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापना गर्न वहुवर्षीय योजना तयार गरी कार्यान्वयनमा ल्याइनेछ,’ उनले भने ।
अर्गानिक कृषि उत्पादनलाई प्रोत्साहित गर्न कृषि वस्तुको प्रमाणीकरण गरी बजारीकरण गर्ने तयारी गरेको पनि राट्रपति पौडेलले प्रस्तुत गरेको नीति कार्यक्रममा उल्लेख गरिएको छ ।
‘चिया अलैची अदुवा जस्ता कृषि वस्तुको निर्यात प्रवद्धन गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ,’ उनले भने ।
प्रतिक्रिया