एकीकृत समाजवादी बर्दियाले मनायो मदन–आश्रति स्मृति दिवस

बर्दिया । नेकपा एकीकृत (समाजवादी) बर्दियाले ३०औँ मदन–आश्रति स्मृति दिवसको अवसरमा मदन भण्डारी र जिवराज आश्रतिले नेपाली कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदानमाथि अन्तरक्रिया कार्यक्रम गरेको छ ।

बर्दिया जिल्लाका उपाध्यक्ष दिलबहादुर क्षेत्रीको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य निर्मल सुवेदीले मदनले देशैभर तितरबितर छरिएर रहेका कम्युनिष्ट शक्तिलाई वैचारिक, सैद्धान्तिक, संगाठानिक रुपमा एक ठाउँमा ल्याइ देशमा बलियो देशभक्त कम्युनिष्ट पार्टी बनाउन ठूलो योगदान गरेको बताए ।

देशमा बलियो अनुशासित, व्यवस्थित, सैद्धान्तिक पार्टी निर्माणको चरणमा २०५० साल जेठ ३ गते रहस्यमय जिप दुर्घटनामा मदन र आश्रतिको मृत्यु भएको थियो । त्यसयता पार्टीको नेतृत्व, पार्टीको विधि, सिद्धान्त र पद्धतिबाट चल्नुपर्नेमा त्यसो हुन नसकेको उनले बताए ।

उनले व्यक्ति पूजा, जि, हजुरी र गुटबन्दी रुमलिँदा जनताको अपार जनमतको सम्मान गर्न नसकेकाले विद्रोह गर्नुपरेको बाए । मदन र आश्रतिले देखाएको बाटो, विधि र सिद्धान्तलाई अझ परिस्कृत ,ऊन्नत तरिकाले अगाडि बढ्न आजको दिनले प्रेरणा दिएको उनले बताए ।

कार्यक्रममा नेकपा एसका केन्द्रीय सदस्य लोकमणि आत्रय, जिल्लास्तरीय नेता, पालिकास्तरिय नेता, विद्यार्थी, युवा, किसान संगठनलगायतको सभागिता रहेको थियो । कार्यक्रम बर्दियाको प्रर्यटकिय क्षेत्र बढैयातलमा भएको थियो ।

प्रतिक्रिया