पाँचथर । फिदिम नगरपालिका भित्र का १४ वटै बालविकास केन्द्रहरु रातो बंगला स्कुल मोडलमा लैजाने नगरपालिका बिच सम्झौता भएको छ । उक्त बालविकास केन्द्र का लागि शैक्षिक शिक्षा सुधार गर्न रातो बंगला स्कुल काठमाडौं र फिदिम नगरपालिका बिच सम्झौता भएको नगरपालिका उप प्रमुख राधाकृष्ण न्यौपानेले जानकारी दिए ।
सम्झौता भए पछि दुबै पक्ष बिच लागत भौतिक पूर्वाधार र बिध्यालय छनौट प्रक्रिया सुरु हुने भएको छ । नगर उप प्रमुख राधाकृष्ण न्यौपानेले बताए अनुसार १० बर्षे गुरु योजना संयोजक आफुले जिम्मेवारी पाए पछि सरकारी बिध्यालय हरु मा शैक्षिक शिक्षा सुधारका लागि पहल भइरहेको हो ! उनको भनाइ छ ।
गुरु योजना अन्तर्गत बालविकास लाइ पहिलो चरणमा रकम रातो बंगला ले दिने र नगरले तिन महिना पछि खर्च भौतिक पूर्वाधार मा खर्च हुने गरि दोहोरो समझदारी भएको उप प्रमुख राधाकृष्ण न्यौपाने कोभनाइ छ ।
सम्झौता हुँदा रातो बंगला स्कुल ले ४० प्रतिशत बेहोर्ने र नगरपालिका ले ६० प्रतिशत रकम बेहोर्ने सम्झौता भएको नगरपालिका प्रमुख मित्र प्रसाद काफ्ले ले जानकारी दिए । प्रमुख काफ्ले का अनुसार एक बिध्यालय का लागि पहिलो बर्ष करिब १ लाख ५० हजार भौतिक पूर्वाधार मा सुधार गर्दै लैजाने भनाइ छ ।
प्रतिक्रिया