मौलिक रैथाने कला बिस्तार गर्ने सोचिएको छ

अहिले नै त नीतिभन्दा पनि पूर्वाध्ययन–अनुसन्धान मै केन्द्रित छौँ भन्दा हुन्छ । मुख्य कुरा ललितकला क्षेत्रको विकास भनेको भौतिक संरचनाको विकासजस्तै वा व्यापार व्यवसायको प्रत्यक्ष आर्थिक लगानी, नाफा–मुुनाफाकै रुपमा फाइदा बेफाइदा देखिने हेरिने गरिँदैन

नारदमणि हार्तम्छाली, कुलपति नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ।

अत्याधुनिकताको विश्वबजारी कला कर्पोरेट हाउसको आकाशे हावाले कावा खेलेर–पेलेर मानवीय मौलिकताको यन्त्र, तन्त्र र मन्त्रको जटिल सञ्जालमै गुल्टिएर कला–प्राज्ञिकताको व्यापारिक अराजकता पनि बढ्दै नै छ

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, नेपाल ललितकला क्षेत्रमा परिचित नाम हो । पाँच दशकदेखि कलाक्षेत्रमा सक्रिय रुपमा आबद्ध उनले चित्र, मूर्ति, स्तम्भसँगै गीत, नाटक, संगीत, नृत्य तथा चलचित्रमा काम गर्दै आएका छन् । नेपाली रैथाने कलाको विकासमा राज्यले विशेष ध्यान दिनु पर्दछ भन्ने मान्यता राख्ने हार्तम्छालीले कलाको विकासविना राज्य समृद्ध बन्न नसक्ने विचार व्यक्त गर्दछन् । कुलपति हार्तम्छालीसँग नेपाली ललितकला र नेपाल ललितलका प्रज्ञा प्रतिष्ठानले गर्न लागेको राष्ट्रिय ललितकला प्रदर्शनी २०८० को सेरोफेरोमा रहेर सौर्य दैनिकले गरेको संक्षिप्त कुराकानीः

० नेपाली कलाक्षेत्रलाई कसरी नियाल्नु भएको छ ?

नेपाली ललितकलाको आफ्नो विधागत क्षेत्रका चित्र मूूर्ति र वास्तुुकलाको सवाल युुगानुुकुुल संस्थागत संरचना, सिर्जना तथा कला–क्रियाकलापका गतिविधिहरु र त्यसानुुसारका मूूल्याङ्कन तथा नवप्रवद्र्घनमा सामाजिक तथा सार्वजनिकीकरण गर्न हरप्रयास भइरहेकै छन् । जसमा सरकारी स्तरबाट स्वयत्त रुपले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान गठन भइ गतिशील हुुनुुलगायत अन्य प्राइभेट र व्यावसायिक तथा सामुुदायिक कला संघ संस्थाहरुले पनि आ–आफ्नो दायित्व र भूूमिका निर्वाह गर्नमा लामबद्ध छन् । तर एकातिर, यो कलाक्षेत्र देश र समाजको राजनैतिक परिवर्तनको संस्थागत संरचना र राज्यको सामाजिक परिवर्तन र सांस्कृतिक समृद्धिको आधार सापेक्षतामा खास गतिशील पार्न सकिरहिएको छैन र सनातनी परम्पराको ध्वाँसे–पिण्ड रोगले खास छाडेको पनि होइन । अर्कातिर, अत्याधुनिकताको विश्वबजारी कला कर्पोरेट हाउसको आकाशे हावाले कावा खेलेर–पेलेर मानवीय मौलिकताको यन्त्र, तन्त्र र मन्त्रको जटिल सञ्जालमै गुल्टिएर कला–प्राज्ञिकताको व्यापारिक अराजकता पनि बढ्दै नै छ । जसलाई स्थापित र पूर्व व्याख्यित जडसूत्रीय परिभाषाको मान्यमूल्यले मात्रै नपुग्ने भएकाले अबको कला संसारमा नयाँ अवधारणा, सोच तथा विश्लेषण र संश्लेषणसहितको गतिशील खोजको सूत्र सिद्धान्त प्रतिपादनको पनि समय सापेक्षित माग बढेको छ ।

नारदमणि हार्तम्छाली, कुलपति नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ।


कलाक्षेत्रको विकास र प्रवद्र्धनका लागि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले के–कस्ता नीति तथा योजना अगाडि सारेको छ ?
अहिले नै त नीतिभन्दा पनि पूर्वाध्ययन–अनुसन्धान मै केन्द्रित छौँ भन्दा हुन्छ । मुख्य कुरा ललितकला क्षेत्रको विकास भनेको भौतिक संरचनाको विकासजस्तै वा व्यापार व्यवसायको प्रत्यक्ष आर्थिक लगानी, नाफा–मुुनाफाकै रुपमा फाइदा बेफाइदा देखिने हेरिने गरिँदैन । यो विधा सांस्कृतिक सम्पदा र भावनात्मक सिर्जना तथा विद्वत–चेतना वा प्राज्ञिक–बौद्घिक विकास, सामाजिक–सांस्कृतिक सहअस्तित्व सद्भाव र सौहार्दतासँगै सौन्दर्यताको सवालले नै यसको मानक मूूल्य रहन्छ । अतः यसको नीति नियम र योजना गर्दा सूक्ष्म रुपले समाज वैज्ञानिक पद्घतिगत परिपाटीको मापन र सिद्घान्तले नै विशेष योजना तय हुुनुु पर्दछ । न की त्यसैले यसको प्रशासनिक प्रक्रिया र संगठन सञ्जालन पनि निजामति वा जंगी स्टायलले नै चल्छ वा व्यापारिक व्यावसायको प्रशासनिक स्वरुप मै चल्दछ । अतः यसका नीति–योजना प्रक्रिया पनि संवेदनशील क्षेत्रको विषय विधा भएको हुनाले नै यसको लागि विशेष योजना गर्न सम्बन्धित प्राज्ञहरूलाई नै प्राधिकारिकता दिएर गराइने हुँदा यसमा हामी विशेष संवेदनशील भएरै नीति नियम रणनैतिक सोचको कार्यक्रमिक कार्ययोजना र त्यसको कार्यान्वयनमा पूर्वसचेतनताका साथ लागिपरेका छौँ ।


विगत १२÷१३ वर्षदेखि यसको योजना भावनात्मक वा मनोगत रुपले र सामान्य औपचारिकताको परम्परा मात्रै निर्वाह गर्नेगरी ‘एनि हाउ माक चलाउ !’ भइराखेकोमा अब भने यसको वस्तुुगत अनुुभव÷अनुभूति र तथ्य तथ्यांकको सारआधारमा नवपरिकल्पना तथा सोचको तय गरी प्राथमिक आवश्यकताको किटान साथ विशेष लक्ष्य–उद्देश्यले र सही परिणामको अपेक्षित ध्येय लिएर एउटा विशेष वार्षिक तथा आवधिक योजनासमेत बनाई कार्यक्रमिक गतिविधिहरू गरिने सोचिएको छ । अतः एउटा कला÷कलाकार राष्ट्रिय सम्मेलन गर्ने तथा देशभरीका कला र कला सरोकारी पक्षहरुको आधारभूूत अध्ययन–अनुुसन्धान गरी प्रोफाइल तयार गर्ने । जसअनुुसार प्रदेश र स्थानीय सरकार, भौगोलिक क्षेत्रहरूमा पनि संस्थागत रुपले प्रज्ञा–प्रतिष्ठानहरु स्थापनाको लागि सहजीकरण गर्दै ललितकलाका शाखाहरु वा सम्पर्क केन्द्र खोली तत्स्थान÷क्षेत्रहरु मै कला गोष्ठी, कार्यशाला गर्ने गराउने र कला प्रतियोगिता गराई राष्ट्रियस्तरको कला सिर्जना र सर्जक व्यक्तित्व पनि छान्ने र वस्तुवादी मूल्याङ्कन–सम्मान पनि गर्ने, कला सरोकारी संघ संस्थाहरूसँग साझेदारी समन्वय र सहकार्य गर्नुका साथै विश्वकलाको नवलहरे कला ज्ञान–विज्ञानको प्रवृत्ति प्रयोग र परीक्षण गर्न केन्द्र हुुँदै गाउँमा तथा गाउँ गाउँको संज्ञानात्मक कला ज्ञान प्रवृत्ति र नेपाली विषयवस्तुमा मौलिक रैथाने कला शैलीका प्रक्रियाहरू केन्द्र हुुँदै विश्वग्राममा बिस्तार गर्ने÷गराउने रणनीति लिने सोचिएको छ ।
त्यसका लागि प्रदेश र स्थानीय स्तरमा कला ग्यालरीको व्यवस्था, कलाग्रामको परिकल्पना, भइरहेको मौलिक वास्तुुकला र कलावस्तुहरूको सुुरक्षा÷संरक्षण र प्रचार प्रसार, समसामयिक रुपमा कलाको नयाँ सिर्जना र परीक्षण, कला चेतना–जागरण अभियानलगायत कला उद्यमशीलता र पर्यटकीय तथा सांस्कृतिक कला विकासमा संलग्नता आदि गर्ने÷गराउने विशेष सोच पनि राखिएको ।


राज्यले गर्नुपर्ने नीतिगत तथा योजनागत कार्यहरूको कार्यान्वयन पाटोलाई कसरी लिनु भएको छ ?


राज्यले कला–संस्कृतिको लागि पनि संविधानको प्रावधान सारत्वमै उल्लेख गरी त्यही अनुुरुप ऐन नियमहरु पनि संस्थागत÷विषयगत रुपले केही बनाइसकेको र केही बन्दै गरेका छन् । मूख्यतः ललितकलाकै सवालमा कुुरा गर्दा संरक्षकत्वको रुपले सरकारी अनुुगमन मूूल्याङ्कन खास छैन, प्रदेश र स्थानीय सरकारको प्रज्ञा प्रतिष्ठान ऐनहरु केही बने र केही बाँकी बन्ने क्रममा व्यवहारतः सर्जकहरुको विषय–विज्ञताको प्राधिकारलाई ख्याल नगरी जनप्रतिनिधि नै विधागत पदाधिकारी (प्राज्ञ) बन्ने÷बनिने प्रावधानको ऐन प्रायः बनिएको र बनिँदैछ ।

त्यसमा पनि ललितकलाको समानुपातिक प्रतिनिधित्व संख्यामा ठगिएको छ । अरु विधाको तुुलना गर्दा ललितकला क्षेत्रमा आर्थिक–भौतिक सुुविधासहित बजेटको बाँडफाँड खास थपिएको छैन । माथिका सवालमा सरोकारी मन्त्रालयहरुको राष्ट्रिय संस्कृति नीतिको नयाँ तयारी हुँदैछ, भनिन्छ । तर त्यसमा, कलाको सर्वाङ्गीण विकासार्थ ललितकला प्रज्ञा प्रतिष्ठानको तय भएको ऐन र नियमावलीहरुमा पनि केही पक्षहरु संशोधन/परिमार्जन समायानुुकूल हुुनुुपर्ने देखिएको छ । यस्तै, संघीय, प्रदेश र स्थानीय सरकारहरुका बीच ललितकलाका संरचना, नीति योजना र कार्यक्रमिक क्रियाकलापहरू गर्दा/गराउँदा आपसी हैसियत, कर्तव्य अधिकार र स्रोत सुविधाहरू न्यायोचित रुपले बाँडफाँड तथा समन्वय गर्न/गराउन कानुुनी र स्वायतत्ताको प्रक्रियामा अझै मिलाउनु पर्ने देखिन्छ ।


प्रसंग बदलौं, राष्ट्रिय ललितकला प्रदर्शनी गर्दै हुनुहुन्छ, तयारी के–कस्तो भइरहेको छ ?


हाम्रो योजना र कार्यविधिमा अघिल्लो पालाको प्राज्ञपरिषद्ले नै तय गरे अनुुसार हामीले जिम्मेवारी हस्तान्तरण लिएर कलाकृतिहरु संकलन भई त्यसको छनोट र पुुरस्कारको निर्णय पनि भइसकेको छ भन्दा’नि हुुन्छ । अरु बाँकी, छिट्टै नै परिषद्को बैठकले निर्णय गर्ने छ । कलाकृतिको तस्बिरहरु खिचि सकिएकाले अब कला प्रर्दशनी क्याटलग सेटिङ तथा प्रचार–प्रसारको लोगो, ब्रोसर र अन्य सामग्रीहरु प्रेसमा जाँदैछ । यही हप्ताबाट डिस्प्लेको कार्य पनि हुुँदैछ । तर अघिल्लो वर्ष ३६५ जना कलाकारले भाग लिएकोमा, यसपटक भने देशभरीका प्रतिनिधि कलाकारहरु ७ सय भन्दा बढीको सहभागिता रहेको हुुँदा आफ्नो हल नपुुगेर नेपाल आर्ट काउन्सिल बबरमहलमा पनि बढाउन परेकोले अलिक बढी व्यवस्थापकीय आर्थिकभार थपिएको छ । अरु पक्षमा, राष्ट्रिय ललितकला प्रदर्शनी आयोजक कार्यकारी समिति मातहत अन्य उपसमितिहरुले आ–आफ्ना तयारी गरिरहेकै छन् । हाम्रो टिम सक्रियरुपमा लागिरहेकाले हामीले सहजै कार्य सम्पन्न गर्नेछौँ ।


प्रदर्शनीमा देशभरी कै कलाकारको निकै सहभागिता रहेको प्रसंग छ, के यो पूर्ण छ त ?


यो कुुरा सापेक्षित छ । देशभरकै सर्जकहरुको प्रतिनिधित्व गर्नुुपर्ने हाम्रो वस्तुुगत आवश्यकता हो । खासै भन्नुुपर्दा विकट क्षेत्रका कला सर्जकहरुलाई संस्थागत सुुविधा स्थानीय वा प्रदेश सरकारले पनि नगरिदिएको यता केन्द्रले पनि त्यो सुुविधा प्रत्यक्ष रुपले यातायात÷ढुुवानी जस्तामा राहत गर्न नसकिने हुुँदा त्यति प्राकृतिक न्याय वा समन्यायिकता नभएको र सर्जकहरु आफैंले पनि आर्थिक भौतिक भार वहन गरेर खर्च थपी केन्द्रसम्म आफ्नो कलाकृति दर्ता गर्न आउन व्यावहारिक कठिनाई हुुनुुका कारणले निकै प्रतिभाशाली सर्जकहरु (दुुर्गम ठाउँका) पीडित भएका पनि छन् । यहाँ खास प्रतिनिधित्व गर्न नसकिरहेको पनि छ । अब, त्यसको समाधान हामी आगामी वर्षमा नीतिगत सम्बोधन गरी तत्प्रदेश वा गाउँपालिका÷नगरपालिकाबाटै सहुुलियत दिलाइ न्यायिक रुपले सहभागिता गराउने नीति बनाउँदै छौँ ।


के–कस्ता खाले कलाकृतिहरू प्रदर्शनीमा आएका छन् त ?


प्रचलित परम्पराकै रुपमा प्रायः कृतिहरु आएका छन् भने पुुराना पुुस्ताभन्दा नवपुुस्ताका कलाहकारको नै बढी सहभागिता छ । त्यसमा पनि मूूलतः समसामयिक चित्रकलाको नै बढी सहभागिता रहेको छ । विषयवस्तुुका दृष्टिले पनि खास नयाँ छैन । खासमा, राष्ट्रिय प्राथमिक आवश्यकताको विषय र विचार उठाएका कलाकृति अर्थात् लोक–गणतान्त्रिक राज्य व्यवस्थाको सामाजिक रुपान्तरणीय सोचानुुसारका राज्यको अवधारणा, नयाँ समाजको परिकल्पना दिने खाले रचना भने अझै कमै सहभागिता भएको महसुुस हुुन्छ । तर, अब आगामी दिनमा ल्याण्डस्केप, स्टिललाइफ र युवा मायाप्रीतिका मात्रै कला रचनाका विषयवस्तु हैनन्, देशमा सामाजिक, उत्पीडन, लैंगिक विभेद, नश्लीय समस्या, आर्थिक विभेदजस्ता पक्षहरुको प्रतिबिम्ब पनि हाम्रो कलामा युगानुकूल उठ्न पर्ने विषयहरु छन् भने ती पक्षहरूलाई पनि ध्यान दिएर योजित रुपमै अबका राष्ट्रिय कला प्रदर्शनीमा रचना थिम नै तयगरी कला रचना गर्नुपर्ने र ती दुई रचनासँगै कलाकारको कलागत योगदान हेरेर मात्रै कलाकारलाई सम्मान–पुरस्कृत गरिने नीति पनि सोचिँदै छ । त्यसले गुुणात्मक परिणाम ल्याउनमा पनि निकै भरथेक हुुनेछ ।

यो प्रदर्शनीले नेपाली कला परिवेश बुझ्न सकिन्छ कि नाई ?


निश्चय नै सकिन्छ । नेपाली समाजको मुहार यो राष्ट्रिय कला प्रदर्शनीले देखाउनुु पर्छ । दिनदिनै मुख धोएर आएकै कला छन् प्रायः, अब हामी विशेष नुहाइधुवाई गरी उज्यालो, स्वस्थ्य र फूर्तिलो राष्ट्रिय कलाकृतिहरुलाई सिर्जना गराउँछौं आगामी दिनमा । यो कला गतिशीलताको लागि अनिवार्य सर्त हो ।

समग्रमा प्रदर्शनीमार्फत नेपाली कलाकारले के कस्ता पक्षको अपेक्षा राखेको पाउनुभएको छ त ?
नेपाली कलाकारको मात्रै अपेक्षा हेरिनुु हुन्न । कला दर्शक÷समीक्षक÷पाठक समाजसँगै विश्व समाजको अपेक्षालाई पनि जोडिनु पर्दछ । तब कलाकारले आफ्नो सिर्जना सार्वजनिक गर्न सहज रुपमा सही मूल्याङ्कन र सम्मान पनि होस् भन्ने चाहना राखेकै हुन्छ । यस प्रदर्शनीमा पनि ती पक्षहरु छन् । तर सर्जकहरु भावुुक हुुनाको अर्थ स्वान्त सुुखाय ! भने निरपेक्ष हैन, राष्ट्र र समाजको सापेक्षतामा समाहित हुनु पर्दछ । त्यो अर्थले आ–आफ्नो रचनासहितको सहभागिता र त्यही अनुसारको अपेक्षा–शुुभेक्षाको तालमेल मिलेको हुनु पर्दछ । यसपटकको प्रदर्शनी खास रुपले भन्दा परम्परा धान्ने खालेको अपेक्षा के होला भन्ने अनुमान गर्लान् र कोही– ‘हेरौँ ! स्टेयाण्ड एण्ड वाच !’ को नीतिमा पनि छन् होला । यो हाम्रो विशेष अवसर सँगैको चुनौती पनि हो । जुन पक्षलाई सामना गर्दै अगाडि बढ्दै जाँदा नै सफलतामा पुगिन्छ ।


अन्त्यमा, केही बाँकी कुरा छ की ?


यस पटकको प्रदर्शनीमा पनि प्रायः पहिले झैँ औपचारिक गतिविधिहरु नै हुुने हो । प्रदर्शनीकै दौरानमा अतिरिक्त कला क्रियाकलाप कला टक सो, गोष्ठी, प्रवचनजस्ता कार्य गर्ने योजना छ नै । तर, त्यसैमा यसपटक अर्को एउटा प्रतियोगितात्मक क्रियाकलाप थप्ने सोचिएको छ । त्यो हो ‘राष्ट्रिय ललितकला प्रदर्शनी अनुुभूूति समीक्षा लेखन प्रतियोगिता २०८०’ को कार्यक्रम । कला क्याम्पसका एमएफए, पिएचडीसम्मका कला विद्यार्थीबीच (क) समूह र बिएफए स्तरका (ख) समूहको प्रतियोगिता गराउने र नगद पुुरस्कार तथा प्रमाणपत्र पनि दिइ कला विद्यार्थीलाई कलारचना गरेर मात्रै हैन कलाको व्याख्या विवेचनाको बौद्घिक विश्लेषण–संश्लेषण गरी सर्वसाधरणीकरण गर्न पनि आवश्यक क्षमता बढाउनुु पर्ने हुन्छ । साथै कला प्रचार–प्रसारको पाटो पनि संस्थागत अर्थले महत्वको हो भनी अभ्यास गराउने तथा ती लेख–रचना ललितकलाको आगामी आकृति–पत्रिकामा छपाउने समेत सोचिएको छ । बिदाइमा, मेरो केही गन्थने कुरा सार्वजनिक गर्ने अवसरको लागि तपाईं पत्रकार र पत्रिका परिवारलाई धन्यवाद, कला अभिवादन !

प्रतिक्रिया