कालिप्रसाद लाखे माध्यमिक विद्यालयमा निःशुल्क कोचिङ कक्षा सञ्चालन

पर्सा । पर्साको धोबिनी गाउँपालिका– ४ लंगडिमा रहेको श्री कालिप्रसाद लाखे माध्यमिक विद्यालय लंगडीमा निःशुल्क ट्युसन कोचिङ कक्षा सञ्चालन भएको छ । उक्त विद्यालयमा कोचिङ कक्षा सञ्चालन आजबाट सुरु भएको हो ।

धोबिनी गाउँपालिका– ४ लंगडीका वडाध्यक्ष अबास मियाँले एक कार्यक्रमका बिच निःशुल्क ट्युसन कोचिङ कक्षाको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष उद्घाटन गर्दै सो निःशुल्क ट्युसन कक्षा सञ्चालनबाट दलित तथा गरिबलगायत ६ कक्षादेखि १० सम्मका विधार्थीहरुलाई सहयोग पुग्ने बताए ।

विद्यालयका कार्यक्रममा प्रअ मदन शाह, शिक्षक कृष्णमुरारी शाह, सुरेन्द्र चौहान, नारायण फुयाल, हरिओम पटेल, रामनरेश प्रसाद, जवाहर पटेल, महम्द रेयाज, मेराज आलम, दिपेन्द्र यादव लगायत विधार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया