पर्सा । पर्साको धोविनी गाउँपालिका– ४ बखरीमा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बखरीमा पाठ्यपुस्तक तथा स्टेसनरी वितरण गरिएको छ । वडाध्यक्ष अबास मियाँले (सोमबार) आज एक कार्यक्रमकाबीच पाठ्यपुस्तक तथा स्टेसनरी वितरण गरेका हुन् ।
नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बखरीमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई पाठ्यपुस्तक वितरण गरिएको हो । शैक्षिकसत्र सुरु भएकाले समयमै सवद्यार्थीहरुलाई पाठ्यपुस्तक र स्टेसनरी वितरण गरिएको वडा सदस्य कमल ठाकुरले जानकारी दिए ।
वडाध्यक्ष अबास मियाँले विद्यालयको अनुगमन गरी विद्यालयको अवस्थाबारे जानकारी समेत लिएका थिए । अनुगमनका क्रममा उनले विद्यालयमा भएको समस्यालाई छिटै समधान गरिने बताए । शिक्षा सुधारको लागि आफू लागिपर्ने वडाध्यक्ष मियाँले घोषणा समेत गरे ।
साथै, उनले शिक्षकहरुलाई समयमै विद्यालयमा पुगेर विद्यार्थीहरुलाई अद्यापन गराउन पनि वडाध्यक्ष मियाँले निर्देशन दिए । समयमा विद्यालय नआउने तथा अटेर गर्ने शिक्षकहरुलाई कारवाही गर्ने पनि उनले बताए ।
विद्यालयमा केही समस्या भएमा आफूलाई जानकारी गराउन पनि वडाध्यक्ष मियाँले शिक्षकहरुलाई आग्रह गरे । पाठ्यपुस्तक वितरण कार्यक्रममा वडासदस्य कमल ठाकुर, मदन सहनी, रामनाराय कुर्मी, स्थानीय ईसरायल मियाँलगायत अभिभावकहरुको सहभागिता रहेको थियो
पर्सा
प्रतिक्रिया