बझाङ । सुदूरपश्चिम प्रदेश सरकारका प्रदेश प्रमुख देवराज जोशीले प्रदेशभरी भएका नराम्रा गतिविधिबारे सचेत गराउने काम आफ्नो भएको बताएका छन् । नेपाल पत्रकार महासंघ बझाङ शाखाले आइतबार सदरमुकाम चैनपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै प्रदेश प्रमुख जोशीले सुदूरपश्चिम प्रदेशमा विगतका वर्षहरूमा जे जस्तो कुरा भयो, त्यो सबै यहाँका मानिसहरू जानकार रहेको र त्यसमा आफूले बोल्न नहुने र आफू बझाङ जिल्ला आउनुअघि मुख्यमन्त्रीसँगको कुराकानीमा विगतमा प्रदेश सरकारबाट भएका योजना छनोटका क्रममा भएका कमीकमजोरीलाई संसोधन गरेर जिल्लाको स्थानीय निकाय वडा र पालिका हँुदै जिल्लाको सम्बन्धित निर्वाचन क्षेत्रको प्रदेश सभा सदस्यको संयोजनमा गरिएको समितिबाट सिफारिसमा मात्र योजना छनोट गरी बजेट विनियोजन गर्ने र प्रदेश सभाबाट पनि उक्त विधयेक पास भइसकेको बताए ।
प्रदेश सरकारका हरेक गतिविधिवारे मुख्यमन्त्रीले प्रत्येक हप्ता प्रदेश प्रमुखलाई सरकारको गतिविधिबारे जानकारी गराउने संवैधानिक व्यवस्था रहेको र मुख्यमन्त्रीले गराएको जानकारी अनुरूप जनताबाट प्राप्त कुराहरू सचेत गराउने काम मात्रै भएको त्यही अनुरूप काम गर्ने बताए ।
प्रदेश प्रमुख जोशीले बझाङ जिल्ला विकासका लागि थुप्रै सम्भावना तथा स्रोत भएको भए पनि दक्ष जनशक्तिको अभाव र स्रोतको सदुपयोग गर्न नसक्दा पछाडि परेको बेला त्यहाँका पर्यटकीय स्थल, कलाङगा, सनिगाड हाइड्रोपावर सुर्मा सरोवर लगायतका ठाउँहरूको अवलोकन गरेका छन् ।
बझाङ
प्रतिक्रिया