पाँचथर । राष्ट्रिय स्वतन्त्र पार्टी पाँचथरले फिदिममा बिजयी र्याली निकालेको छ । रास्वपा पाँचथरको यो पहिलो कार्यक्रम हो । उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ र चितवनमा बिजय हासिल गरेको उपलक्ष्यमा जिल्लामा बिजयी र्याली मनाइएको जिल्ला संयोजक देवेन्द्र कुँवरले जानकारी दिए । र्यालीमा गीतको धुन बजाइएको थियो ।
शनिबार शिवालय मन्दिर हुँदै बजार परिक्रमा गरि कोणसभा गरिएको थियो । कोणसभामा अगुवा कार्यकर्ता दिपक भण्डारीले राजनितिक कुरिती र भ्रष्टाचारको अन्त्य गर्ने उद्देश्य र अन्य पार्टीका गतिबिधिहरु गरिंदै लैजाने बिचार ब्यक्त गरे ।
भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी पाँचथरमा सुनामी ल्याउने उदघोष गरे । निकट भविष्यमा रास्वपाका अध्यक्ष रबि लामिछाने पाँचथर आउने उनले बताए ।
उक्त पार्टीले बिजयी र्याली मनाउन बजारमा सुचना समेत नागरिकहरूलाई जानकारी गराएका थिए । पुराना दलका सुभचिन्तकहरुले उक्त र्यालीलाई नियालिरहेको र चर्चा परिचर्चा भइरहेको बताए ।
प्रतिक्रिया