अर्घाखाँची । नेकपा (एकीकृत समाजवादी) अर्घाखाँची जिल्ला कमिटीको छैटौँ बैठक सन्धिखर्क पार्टी कार्यालयमा सम्पन्न भएको छ ।
बैठकका प्रमुख अथिति पार्टी पोलिटब्यरो सदस्य एवं लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सोमप्रसाद पाण्डेले विद्रोहले लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा गरेकोले विद्रोहको पुष्टि भएको बताए । पूर्वमन्त्री पाण्डेले पार्टी निर्माणसँगै पार्टी नेता कार्यकर्तालाई उत्पादन र स्वरोजगारका कार्यक्रम जोडेर अगाडि बढ्नुपर्ने बताए ।
नेकपा एमालेबाट अबको कम्युनिष्ट आन्दोलन अगाडि बढ्न नसक्ने भन्दै नेता पाण्डेले समाजवादी मोर्चा बनाएर अगाडि जाने बताए । बैठकका विशेष अथिति एवं पार्टी केन्द्रिय नेता पूर्वमन्त्री मेटमणि चौधरीले नेपाली समाजले विकल्प खोजेको भन्दै त्यो विकल्प समाजवादी पार्टी बन्ने बताए ।
अब नयाँ बिचार, नयाँ दृष्टिकोण र कार्यक्रम बनाएर अगाडि बढ्नुपर्ने भन्दै विकास र जनताका कामसँग जोडिएर अगाडि बढ्नुपर्ने सांसद चौधरीले बताए । पार्टीको बैठकमा पालिका अध्यक्ष इन्चार्जले पालिकास्तरीय रिपोर्टिङ गरेका थिए ।
सितगंगगा नगर कमिटी अध्यक्ष नारायण बेल्वासे, सन्धिखर्क नगरकमिटी अध्यक्ष बद्री भुसाल, भूमिकास्थान नगर इन्चार्ज झविलाल भट्टराई, छ्त्रदेवगाउँ पालिका अध्यक्ष गोपाल पाण्डे, पाणिनि गाउँ पालिका कमिटी अध्यक्ष डेमबहादुर नेपाली मालारानी गाउँपालिका कमिटी अध्यक्ष हरि बहादुर चौहान लगायतका नेता हरुले रिपोर्टिङ गरेको पार्टीले जनाएको छ ।
बैठकमा पार्टी केन्द्रिय सदस्य अर्घाखाँची सहइन्चार्ज पिताम्बर सारु केन्द्रिय कमिटी प्रदेश कमिटी सदस्यहरुले शुभकामना मनतब्य राखेका थिए । बैठक पार्टी जिल्ला कमिटी अध्यक्ष रामबहादुर चौहानको अध्यक्षता, उपाध्यक्ष सिद्धिप्रसाद भुसालको स्वागत मन्तब्य सचिव युवराज पौडेलको सञ्चालनमा बैठक सम्पन्न भएको हो ।
प्रतिक्रिया